Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

यस्तो छ आजको मौसम पूर्वानुमान:हिमाली भागमा आंशिक बदली

यस्तो छ आजको मौसम पूर्वानुमान:हिमाली भागमा आंशिक बदली
विज्ञापन
Advertisement

काठमाडौं। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भागमा आंशिक बदली रहने तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ ।

बिहीबार बिहान उपत्यका र खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । अहिले पनि ती भेगका केही स्थानमा हुस्सु लागेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit