काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ। बिहीबार स्थिर रहेको सुनको भाउ शुक्रबार प्रतितोला १ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँ रहेको थियो।
यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार बढेको छ। बिहीबार प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर ४ हजार ४ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ। पछिल्ला दिनमा सुन–चाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा झरेकोमा बुधबार २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस ४ हजार १ सय ८५ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।















प्रतिक्रिया दिनुहोस्