Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

२८ सय माथि उक्लियो नेप्से, कारोबार रकम १२ अर्ब नाघ्यो

२८ सय माथि उक्लियो नेप्से, कारोबार रकम १२ अर्ब नाघ्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ बिन्दुमा कायम भएको छ।

विज्ञापन
Advertisement
Advertisement

आज ३४० कम्पनीको तीन करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर एक लाख छ हजार १४० पटक खरिद–बिक्री भएको छ । नेप्सेका अनुसार जसबाट १२ अर्ब तीन करोड ४४ लाख छ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा बैङ्किङ शून्य दशमलव ८४, विकास बैङ्क शून्य दशमलव ६४, जलविद्युत् एक दशमलव ५९, लगानी शून्य दशमलव ६१, उत्पादन तथा प्रशोधन शून्य दशमलव २९ र म्युचुअल फन्ड शून्य दशमलव ३६ प्रतिशले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।

वित्त शून्य दशमलव १९, होटल तथा पर्यटन शून्य दशमलव १७, जीवन बिमा शून्य दशमलव ३१, लघुवित्त शून्य दशमलव २६, निर्जीवन बिमा शून्य दशमलव ०३, व्यापार शून्य दशमलव २१ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले घटेको छ ।

रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड र सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने एनआइसी एसिया ग्रोथ फन्ड–२ रहेको छ । यसको शेयर मूल्य आज चार दशमलव ७४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरे रिडी पावर कम्पनी लिमिटेडको ५६ करोड ३७ लाख ६१ हजार ७२५ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै शिवश्री हाइड्रोपावर लिमिटेडको १९ लाख २३ हजार ७४ कित्ता शेयर खरिदबिक्री भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit