Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोली घोषणा, कुशल र सोमपाल बाहिर

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोली घोषणा, कुशल र सोमपाल बाहिर
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक शृङ्खलाका लागि नेपाली टोली घोषणा गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्तिमार्फत शृङ्खलाका लागि १५ सदस्यीय टोली घोषणा गरेको हो। एसीसी प्रिमियर कपमा सहभागी टोलीमा दुई परिवर्तन गरिएको छ। पेस बलर हेमन्त धामीको स्थानमा नन्दन यादवलाई टोलीमा समावेश गरिएको छ भने बाँयाहाते स्पिनर शाहब आलमले पनि टोलीमा पुनरागमन गरेका छन्।

यसपटक ओपनिङ ब्याटर कुशल भुर्तेल र पेस बलर सोमपाल कामी भने टोलीमा परेका छैनन्। ओपनर आसिफ शेख र अर्जुन कुमालले टोलीमा निरन्तरता पाएका छन्। लिग–२ अन्तर्गतको उक्त त्रिकोणात्मक शृङ्खला अक्टोबर ७ अर्थात् असोज २१ गतेदेखि ओमानमा सुरु हुनेछ। शृङ्खलामा नेपालले ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।

नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्ल।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit