Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

कांग्रेस १५औँ महाधिवेशनः उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी

कांग्रेस १५औँ महाधिवेशनः उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी छ। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदमा नेताहरूले उम्मेदवारी दर्ता गराइरहेका छन्।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार दिउँसो सवा दुईसम्म उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा विभिन्न क्लस्टरबाट नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्। उद्योगी व्यवसायी विनोद चौधरीदेखि कांग्रेसकी पुरानी नेतृ रीता खनालसम्मले आकांक्षी विभिन्न पदमा आफ्नो उम्मेदवारी दर्ता गराका छन् । जसमा उपसभापतिमा तीन, पाँच नेताले महामन्त्री तथा सहमहामन्त्रीका लागि तीन जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

हालसम्म क– कसले दर्ता गराए उम्मेदवारी ?

पुष्पा भुसाल — उपसभापति, महिला
विनोद चौधरी — उपसभापति, समावेशी
फरमुल्लाह मन्सुर — उपसभापति, समावेशी
डिला संग्रौला — महामन्त्री, महिला
शंकर तिवारी — महामन्त्री, खुला
सुनील शर्मा — महामन्त्री, खुला
नैनसिंह महर — महामन्त्री, खुला
रीता खनाल — महामन्त्री, महिला
प्रतिमा गौतम — सहमहामन्त्री, महिला
देवेन्द्रराज कँडेल — सहमहामन्त्री, खुला
जीवनबहादुर शाही — सहमहामन्त्री, पिछडिएको क्षेत्र

कांग्रेस निर्वाचन समितिका अनुसार मंगलबार अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ। महाधिवेशनमा देशभरबाट निर्वाचित ७ हजार ११४ प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछन्। सोमबार पारित संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाइएको छ भने पदाधिकारीको संख्या पनि बढाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit