
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा० का सभापति रवि लामिछानेको रूपन्देही जिल्ला अदालतमा आजदेखि थुनछेक बहस सुरू भएको छ । आज थुनछेक बहस नसकिएपछि यसलाई भोलि पुनः निरन्तरता दिने गरी हेर्दाहेर्दैमा राखिएको छ ।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलन आरोपमा मुद्दा दर्ता भएका लामिछाने हिजो अदालत उपस्थित भएका थिए । हिजो उनको बयान भएको थियो । जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा उनको बहस भइरहेको छ ।आज पनि उनलाई परिवारको जिम्मा लगाउने आदेश भएको अदालत स्रोतले जानकारी दिएको छ ।
बिहीबार सरकारी वकिलहरूले थुनछेक बहस गरेका थिए । सरकारी वकिलहरूको बहस सकिएपछि पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्