Advertisement
Advertisement
Corporate Samachar
६ कार्तिक २०८३, बिहीबार
Advertisement
Advertisement

यस वर्षको बडादशैंका साइत सार्वजनिक, यस्ताे छ घटस्थापनादेखि टीकासम्मको शुभ साइत

यस वर्षको बडादशैंका साइत सार्वजनिक, यस्ताे छ घटस्थापनादेखि टीकासम्मको शुभ साइत
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंसँग सम्बन्धित विभिन्न महत्वपूर्ण साइत सार्वजनिक गरेको छ। समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेर तयार पारेको बडादशैंका साइतसम्बन्धी विवरण सार्वजनिक गर्दै घटस्थापना, फूलपाती, महानवमी तथा विजयादशमीको टीकासहितका शुभ साइत निर्धारण गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

समितिका अनुसार विक्रम संवत् २०८३ साल असोज २५ गते शनिबार बिहान ११ बजेर ४७ मिनेटमा नवरात्रारम्भ तथा घटस्थापना गर्ने साइत रहेको छ। समितिले घटस्थापनाका लागि चित्रा नक्षत्र र वैधृति योग परेकाले सम्भव भएसम्म चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्न शास्त्रसम्मत देखिने जनाएको छ।

त्यस्तै असोज २६ गते सोमबार बिहान १० बजेर ७ मिनेटमा खण्डा फेर्ने (पश्चिम मोहडा) साइत रहेको छ। असोज २९ गते बुधबार श्री पचलीभैरव यात्रा हुनेछ।

असोज ३१ गते शनिबार बिहान ९ बजेर ३० मिनेटमा फूलपाती तथा श्री तुलजाभवानी यात्रा र बिहान १० बजेर ३१ मिनेटमा स्थिरासनको साइत तोकिएको छ।

यसैगरी कात्तिक १ गते आइतबार महाअष्टमी तथा कालरात्रि मनाइनेछ भने कात्तिक ३ गते मंगलबार महानवमी परेको छ।

कात्तिक ४ गते बुधबार विजयादशमी तथा देवी विसर्जनको साइत बिहान ४ बजेर ४८ मिनेटमा रहेको समितिले जनाएको छ। सोही दिन पश्चिम मोहडा, टीका लगाइमाग्ने पश्चिम फर्किने गरी बिहान १० बजेर २६ मिनेटमा टीका लगाउने साइत तोकिएको छ।

त्यसै दिन बिहान १० बजेर ५१ मिनेटमा श्री तुलजाभवानी यात्रा तथा दिउँसो १२ बजेर ४२ मिनेटमा स्थिरासनको साइत रहेको छ। खड्गयात्रासमेत सोही दिन हुने समितिले जनाएको छ।

बडादशैंसँग सम्बन्धित पर्वहरू सम्पन्न भएपछि कात्तिक ६ गते आइतबार अखिलबलीपूर्ति तथा कोजाग्रत पूजा गरिनेछ।

समितिले सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता नपर्ने पनि स्पष्ट पारेको छ। समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले सार्वजनिक गरेको सूचनामा बडादशैं २०८३ को शुभकामनासमेत व्यक्त गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit