images
images
images

दुई जनाको ज्यान जानेगरी गाडीले ठक्कर दिएका प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा

images
images

काठमाडाैँ । प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा भएका छन् । उनलाई सवारी ज्यान मुद्दामा थुनामा राख्ने जिल्लाको आदेश उच्च अदालतले बदर गरेको छ । उच्च अदालत पाटनका न्यायाधिशद्वय मुनेन्द्र प्रसाद अवस्थी र डिल्लीराज श्रेष्ठले बिहीबार काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरेका हुन् । यससँगै भुजेल २ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।

काठमाडौंको शंखरापुरमा कात्तिक २८ गते भुजेलले चलाएको गाडीले ठक्कर दिँदा दुई जनाको ज्यान गएको थियो । दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–३ बस्ने नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटीले ज्यान गएको हो ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्