Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कमपनीको आइपिओमा आजदेखि आवेदन दिन सकिने

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कमपनीको आइपिओमा आजदेखि आवेदन दिन सकिने
विज्ञापन
Advertisement

काठमाडाैँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सार्वजनिक प्राथमिक शेयर (आईपीओ) देखि बिक्री खुला भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपियाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपियाँबराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाइसकेको छ । सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपियाँबराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो ।

लगानीकर्ताले माघ २९ गतेसम्म न्यूनतम १० कित्ताका र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासक तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि इक्राएनपी इस्युअर रेटिङ डबल बी प्राप्त गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit