Advertisement
Advertisement
Corporate Samachar
२८ असार २०८३, आईतवार
Advertisement

सुनको मूल्य बढ्दा चाँदी सस्तियो, तोलाको कतिमा हुँदैछ आज कारोबार ?

सुनको मूल्य बढ्दा चाँदी सस्तियो, तोलाको कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढ्दा चाँदीको भाउ घटेको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार बढेको सुनको भाउमा आज पनि बढोत्तरी देखिएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको दुई लाख ८८ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ८७ हजार चार सय रूपैयाँमा खरिदबिक्री भएको थियो । अघिल्लो कारोबार दिनको तुलनमा आज सुन प्रतितोला ६०० रुपैयाँले महँगिएको हो ।

बिहीबार तोलामा १४ सय रूपैयाँ घटेको सुनको भाउ शुक्रबार प्रतितोला दुई हजार सात सय रूपैयाँ बढेको थियो । त्यसअघि बिहीबार एक तोला सुन दुई लाख ८४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार बढेर कारोबार भएको चाँदीको मोल आइतबार घटेको छ। महासँघका अनुसार, आज एक तोला चाँदी खरिद गर्न उपभोक्ताले चार हजार ४७५ रुपैयाँ खर्चिनुपर्नेछ । शुक्रबार चाँदी प्रतितोला चार हजार पाँच सय १० रूपैयाँमा कारोबार भएको थियो। यो सँगै आइतबार चाँदी तोलामा ३५ रुपैयाँले सस्तिएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १४५ र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit