Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

नेप्सेमा दोहोरो अंकको वृद्धि, सप्तकोशी डेभलपमेन्ट बैंकको ३८ करोड बढी कारोबार

नेप्सेमा दोहोरो अंकको वृद्धि, सप्तकोशी डेभलपमेन्ट बैंकको ३८ करोड बढी कारोबार
विज्ञापन
Advertisement

काठमाडौँ । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ दशमलव ५० अंकले बढेर कारोबार २६५७ दशमलव ७७ बिन्दुमा पुगेर रोकियो ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार ३२५ कम्पनीको १ करोड ९६ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४० करोड रुपैयाँ बढीको कारोबार भएको छ । १७७ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीले आफ्नो सेयर मूल्य गुमाएका छन् । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन । आज कारोबारमा रहेका सबै १३ समूहको समूहगत परिसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक क्षेत्रको परिसूचक ४ दशमलव ७ प्रतिशतले बढेको हो ।
आज सबैभन्दा धेरै कारोबार गरेको सप्तकोशी डेभलपमेन्ट बैंकको ३८ करोड रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ । यसैगरी, नेपाल रिइन्स्योरेन्स कम्पनीको २९ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको २८ करोड, हिमालयन पावर पार्टनरको १९ करोड र न्यादी ग्रुप पावरको १७ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

समग्रमा ६० कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ । उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, थ्री स्टार हाइड्रो र जानकी फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै डोल्टीपावर कम्पनीको सेयर मूल्य ८ दशमलव ४३ प्रतिशतले घटेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit