images images images
images images images
images
images
images

 २६६२ विन्दुमा नेप्से,  करिब ८ अर्बको कारोबार

images

काठमाडाैं । साताको सोमबार दिन नेप्से परिसूचक ८.१६ प्रतिशतले घटेर २ हजार ६६२.९१ विन्दुमा आइपुगेको छ । नेप्से सूचक घट्दा कारोबार रकम भने ७ अर्ब ९४ करोड रुपैयाँको भएको छ । जसका लागि लगानीकर्ताले  १ करोड ९६ लाख कित्ता शेयर किनबेच  गरेका छन् ।

घटेको बजारमा  बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी, रिलायन्स स्पेनिङ मिल्स,साल्पा विकास बैंक र अपर स्याङ्गे हाइड्रो पावर कम्पनीको शेयर ८.१८ प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेर सकारात्मक सर्किट लागेको छ ।

images
images

घटेको बजारमा खानीखोला हाइड्रो पावर, नारायणी डेभलपमेन्ट बैंक, मन्जुश्री फाइनान्स ऋणपत्र, अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट,तेह्रथुम पावर कम्पनीको शेयर मूल्य ४.६६ प्रतिशतदेखि ९.३८ प्रतिशतसम्मले घटेको छन् ।

यो दिन रिडी पावर कम्पनी,आँखुखोला जलविद्युत कम्पनी,न्यादी ग्रुप पावर,एसवाईप्यानल नेपाल, खानीखोला हाइड्रो पावर कम्पनीको शेयर २५ करोड ५२ लाख रुपैयाँदेखि ६५ करोड ०३२ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये तीनवटा समूहको सूचक मात्र हरियाली बनेको छ । जसमा फाइनान्स, तथा होटल तथा पर्यटन र उत्पादनमुलक समूहको सूचक सामान्यले बढ्दा अन्य समूहको सूचक घटेका छन् ।

 

 

 

images
images

प्रतिक्रिया दिनुहोस्