images
images

युवाहरूको ऊर्जा समाजको रुपान्तरणमा सही प्रयोग हुनुपर्छ : अध्यक्ष प्रचण्ड

images
images
images

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूको ऊर्जा समाजको अग्रगामी रुपान्तरणमा सही ढङ्गले प्रयोग हुनुपर्ने बताएका छन्।

अखिल (क्रान्तिकारी)का नवनिर्वाचित पदाधिकारीहरुले आज उनको निवास खुमलटारमा गरेको भेटका क्रममा अध्यक्ष दाहालले युवाहरू शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवामा सही ढङ्गले प्रयोग हुनसके देशको मुहार फेरिने बताए। भेटका क्रममा अध्यक्ष दाहालले भने, ‘आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित युवाको ऊर्जा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाई र राजनीतिक आन्दोलनको सेवा गर्न सही ढङ्गले प्रयोग हुने विश्वास लिएको छु।’

images
images

उनले सम्पूर्ण निर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै देश विकास, समाज रूपान्तरण र सुशासनका पक्षमा लाग्न तथा गलत कृयालापविरूद्ध उत्रिन आह्वान गरे। माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा विजय सापकोटा, महासचिवमा रोशन थापा मगर, कोषाध्यक्ष फुलमाया राना मगरसहितको केन्द्रीय समिति निर्वाचित भएको थियो। रासस

images
images

प्रतिक्रिया दिनुहोस्