images
images

जगदम्बा मोटर्सले मार्च तेस्रो साता मलेसियन प्रोटन इमास ७ इभी कार नेपाल ल्याउने

images
images
images

काठमाडौँ । जगदम्बा मोटर्सले नेपाली बजारमा मलेसियन प्रोटन इमास (७ इभी) कार ल्याउने तयारी गरेको छ ।

इमास ७ प्राइम र प्रिमियम गरि दुई भेरीयन्टमा उपलब्ध कार मलेसियामा गत डिसेम्बरमा लन्च भएको हो । अब प्रोटनको इभी इमास ७ कार नेपाली बजारमा गदम्बा मोटर्सले ल्याउने जनाएको हो । प्रोटन इमास ७ मा एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । एजिस सर्ट ब्लेड ब्याट्री लिथियम आइरन फोस्फेट ब्याट्री हो । जसलाई गीली अटोमोबाइलद्वारा आविष्कार गरिएको छ । यो ब्याट्री छिटो चार्ज गर्न र परम्परागत ब्लेड ब्याट्रीहरूको तुलनामा उच्च प्रदर्शन गर्ने कम्पनीको दाबी छ । यो ब्याट्रीले अत्यधिक चिसोमा पनि आफ्नो उच्च क्षमता राख्ने दाबी कम्पनीले गरेको छ ।

images
images

यसैगरी, प्रोटन इमास ७ को प्राइममा ४९.५२ किलोवाट आवर (केडब्लुएच) एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । प्रोटन इमास ७ प्रिमियममा ६०.२२ किलोवाट आवर (केडब्लुएच) एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग भएको छ । प्रोटन इमास ७ को अर्को विशेषता भनेको ‘१२–इन –१ इलेक्ट्रिक ड्राइभ प्रणाली’ हो । यस प्रणालीले विद्युतीय सवारी साधनको एकीकृत पावरट्रेनलाई जनाउँछ । १२–इन –१ इलेक्ट्रिक ड्राइभ प्रणालीका प्रमुख फिचर्समा विद्युतीय मोटर, पावर कन्भर्टर, ब्याट्री व्यवस्थापन प्रणाली, अनबोर्ड चार्जरसहित धेरै नियन्त्रण एकाइहरू एक एकाइमा एकीकृत गरिएको हुन्छ ।

शंकर ग्रुपको टू ह्विलर र फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले मार्चको तेस्रो सातासम्म नेपालमा इमास ७ इभी कार लन्च गर्ने तयारी गरेको जनाएको छ ।

 

 

 

images
images

प्रतिक्रिया दिनुहोस्