Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

इजरायली बन्धक बर्जरलाई हमासले रेडक्रसको जिम्मा लगायो

इजरायली बन्धक बर्जरलाई हमासले रेडक्रसको जिम्मा लगायो
विज्ञापन
Advertisement

काठमाडौँ । प्यालेस्टिनी लडाकू समूह (हमास) ले इजरायली महिला बन्धक अगम बर्जरलाई बिहीबार रिहा गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

गाजा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको युद्धविराम सम्झौताअन्तर्गत तीन इजरायली र पाँच थाई बन्दीलाई बिहीबार रिहा गर्ने योजना अनुसार नै उनलाई रिहा गरिएको हो । अन्य दुई इजरायली र पाँच थाई बन्धकलाई पनि आजै रिहा गरिनेछ । उत्तरी गाजा पट्टीको जबालियाको एक मञ्चमा हमास लडाकूहरूले परेड गरेपछि सैन्य पोशाकमा सजिएका बर्जरलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरेका थिए। इजरायली सेनाले बर्जर इजरायल फर्किएको र उनको ‘प्रारम्भिक स्वास्थ्य परीक्षण’ पछि परिवारको जिम्मा लगाइने बताएको छ ।

यसअघि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले बिहीबार रिहा हुने तीन जना इजरायलीहरूमा आर्बेल येहुद, बर्जर र गादी मोसेस रहेको जनाएको थियो । हमास र सहयोगी लडाकू समूह इस्लामिक जिहादका स्रोतहरूले जबालिया शरणार्थी शिविर र खान युनिसमा हुने बताएको बन्धक आदानप्रदानको औपचारिक कार्यक्रम अघि इस्लामिक जिहाद समूहले मोसेस र येहुदले एकअर्कालाई अँगालो हालेको र मुस्कुराइरहेको भिडियो फुटेज प्रसारण गरेको थियो।

जनवरी १९ मा लागू भएको युद्धविराम सम्झौता अनुसार सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा इजरायलबाट बन्धक बनाइएका व्यक्तिहरूको रिहाइका लागि बदलामा इजरायली हिरासतमा रहेका एक हजार ९०० व्यक्तिहरू (अधिकांश प्यालेस्टिनी) लाई रिहा गर्ने सहमति भएको थियो ।
हमासले हालसम्म सात जना इजरायली बन्धकलाई रिहा गरिसकेको छ भने बदलामा इजरायलले २९० जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।
‘प्यालेस्टाइन प्रिजनर्स क्लब एड्भोकेसी ग्रुप’का अनुसार हमासले तीन जना इजरायलीलाई बिहीबार रिहा गर्दा बदलामा इजरायलले ११० जना प्यालेष्टिनी कैदीलाई रिहा गर्न लागेको हो ।

नेतन्याहूको कार्यालयले शनिबार हुने अर्को अदलाबदलीमा थप तीन जना इजरायली नागरिकलाई रिहा गरिने जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit