Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सभामुखलाई भेटेर रविले भने, ‘आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिनु,’

सभामुखलाई भेटेर रविले भने, ‘आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिनु,’
विज्ञापन
Advertisement

काठमाडौँ । रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू धरौटी बुझाएर थुनामुक्त भएको भन्दै निलम्बन फुकुवा गर्न माग गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार प्रतिनिधि सभा बैठक बस्नुअघि सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गरेका हुन् । भेटमा उनले प्रतिनिधि सभा सदस्य पद निलम्बन फुकुवाको मागसहित निवेदन दिएको संसद सचिवालयले जनाएकाे छ ।

सभामुख घिमिरेलाई निवेदन दिँदै लामिछानेले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम आफूलाई निलम्बन गर्नु कानुनसम्मत नरहेको जिकिर गरेका थिए। ‘आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिनु,’ लामिछानेले सभामुखसामु आग्रह गरेका थिए ।

तर, सभामुख घिमिरेले विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको जबाफ लामिछानेलाई दिएका छन्। ‘कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा निलम्बन गरेको होइन, कानुनबमोजिम गरेको हुँ,’ सभामुख घिमिरेले भने।

लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। काठमाडौँकाे स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी मुद्दामा समेत अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। यस्तै, रूपन्देहीको सुप्रिम सहकारी बचत अपचलन मुद्दामा जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो।

लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दासमेत लागेपछि संघीय संसद सचिवालयले गत पुस ८ गते सूचना निकालेर उनको प्रतिनिधि सभा सांसद पद निलम्बन गरेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit