Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

निर्धक्क हुनुहोला गोल गर्ने जिम्मा प्रधानमन्त्रीको हो, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

निर्धक्क हुनुहोला गोल गर्ने जिम्मा प्रधानमन्त्रीको हो, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको राजनीतिक नेतृत्व रास्वपाको निर्णायक प्रभावमा पुगेको दाबी गर्दै देश पूर्ण रूपमा सुरक्षित रहेको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

चितवनमा आजबाट सुरु भएको रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लामिछानेले बदलिँदो राजनीतिक परिस्थितिले रास्वपालाई मुलुकको सबैभन्दा प्रभावशाली शक्तिका रूपमा स्थापित गरेको उल्लेख गरे।

उनले सरकार सञ्चालनका विषयमा पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहसँग चुनावअघि नै सहमति भइसकेको उल्लेख गर्दै त्यसअनुसार अघि बढ्ने स्पष्ट पारे। फुटबलको प्रतीकात्मक उदाहरण प्रस्तुत गर्दै लामिछानेले भने, ‘सरकार सञ्चालनका लागि रास्वपाले चुनावअघि नै बालेन्द्र शाहको खुट्टामा बल पुर्‍याएको छ। अब गोल गर्ने जिम्मा उहाँकै हो। झुक्किएर बल मेरो खुट्टामा आए पनि म उहाँकै खुट्टामा पास गर्छु।’

यसैगरी, उनको उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री शाहले मञ्चमै हाँसेका थिए भने उपस्थित कार्यकर्ताहरूले ताली बजाएर समर्थन जनाएका थिए। लामिछानेले आफ्नो भूमिका स्पष्ट गर्दै आफू शक्ति प्रदर्शन वा प्रतिशोधका लागि नभई ऐतिहासिक जिम्मेवारी पूरा गर्न उभिएको बताए। उनले भने, ‘म इतिहासलाई जवाफ दिन खडा भएको हुँ। आउने पुस्ताले हामीलाई प्रश्न गर्ने अवस्था नआओस् भन्नेमा हामी सचेत छौँ।’

त्यसैगरी उनले शक्तिशाली हुनुको अर्थ प्रतिशोध वा दम्भ नभएको उल्लेख गर्दै अन्य राजनीतिक दलका नेताहरूलाई निर्धक्क रहन आग्रह गरे। ‘निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, देश सुरक्षित छ । लोकतन्त्रका स्थायी मान्यताहरू, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हकअधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र नेतृत्व सम्हालेका पुस्ताहरूले दिएको अमूल्य उपहार हो, हामी यसलाई जगेर्ना र माया गर्ने छौं।’

उनले विगतका आन्दोलनहरूको सम्मान गर्दै रास्वपा ती उपलब्धिहरूको निरन्तरता र संरक्षणमा प्रतिवद्ध रहने बताए । रास्वपाले लोकतान्त्रिक अभ्यासलाई तोड्ने नभई सुदृढ गर्ने उनको भनाइ थियो । उनले भने, ‘यसअगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन। त्यो कदम कदापि चाल्ने छैनौं। रास्वपाले त्यो लाइन क्रस गर्दैन।’

यस्तै, उनले उनले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान नभए त्यसको असर समग्र देशमा पर्ने धारणा राखे ।उनले ती दलहरूलाई आन्तरिक समस्या समाधान गर्न आग्रह गरे । उनले भने, ‘राष्ट्रिय राजनीतिमा आफ्नो दल मात्र ठिक भएर हुँदैन, राष्ट्रिय राजनीतिमा भएका सबै दल ठिक हुनुपर्छ । दुई शक्तिशाली दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र कहीँकतै केही न केही अप्ठ्याराहरू देखिएका छन्। त्यो अप्ठ्यारो त्यो दलको मात्र होइन, त्यो दलका अप्ठ्याराहरू सुल्झिएनन् भने समग्रमा त्यो देशको अप्ठ्यारो पनि बन्न सक्छ । मेरो शुभकामना छ, आफ्नो दलभित्रका अप्ठ्याराहरूलाई मिलाउनुहोला ।’

महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरूको सहभागिता रहेको छ भने यसले पार्टीको नयाँ नेतृत्व र कार्यसमिति चयन गर्नेछ। कार्यक्रममा प्रधानमन्त्री बालेन शाह सहित शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit