Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल टेलिभिजनबाट विश्वकप निःशुल्क देखाउन सरकारसँग सांसद हमालको माग

नेपाल टेलिभिजनबाट विश्वकप निःशुल्क देखाउन सरकारसँग सांसद हमालको माग
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकप प्रतियोगिताको प्रसारण आम नागरिकको पहुँचमा सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद हमालले विश्वकप हेर्नका लागि सेवा प्रदायकलाई दर्शकले ९९९ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था सबै नागरिकको पहुँचमा नरहेको बताए। उनले विश्वकपप्रति आम जनताको चासो अत्यन्त धेरै रहेको उल्लेख गर्दै शुल्कका कारण धेरै नागरिक प्रत्यक्ष प्रसारण हेर्नबाट वञ्चित हुनुपरेको बताए।

सांसद हमालले नेपाल सरकारसँग नेपाल टेलिभिजनबाट विश्वकपका खेलहरू निःशुल्क प्रसारण गर्ने व्यवस्था मिलाउन माग गर्दै भने, ‘विश्वकपमा अहिले सबैको चासो छ । मेरो पनि चासो छ ,तर हेर्न ९९९ सय तिर्नुपर्छ जुन सबैको पहुँचमा छैन्,’ उनले भने,‘अब त पुग्यो होला नि । कमसेकम आम्दानी उठिसक्यो होला। त्यसैले सभामुखमार्फत माग गर्छु । नेपाल सरकारले आफ्नो टेलिभिजनमार्फत यसलाई निशुल्क उपलब्ध गराउन तथा सेवा प्रदायकहरुलाई पनि यो कुरा सुनिदिनको लागि आग्रह गर्दछु ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit