Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

यसवर्ष शिवरात्रीमा पशुपतिनाथ आउने भक्तजनले पाउने छन् यस्ता सुविधा

यसवर्ष शिवरात्रीमा पशुपतिनाथ आउने भक्तजनले पाउने छन् यस्ता सुविधा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वका लागि पशुपति क्षेत्रमा गरिएको तयारी शुक्रबार निरीक्षण तथा अवलोकन गर्नुहुँदै । तस्बिरः हरिराम भेटुवाल/रासस
विज्ञापन
Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनका लागि धेरैभन्दा धेरै सुविधा दिइने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा भइरहेको तयारीको आज बिहान अवलोकनपछि सञ्चारकर्मीसँग कुरा   गर्दै उनले विश्वका विभिन्न स्थानबाट पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनका लागि सुविधा दिन अहिले पनि काम भइरहेको बताए। पशुपति क्षेत्रका विभिन्न स्थानमा अहिले पनि खानेपानीका पाइप विच्छ्याउने लगायत काम भइरहँदा महाशिवरात्रिका अवसरमा आउने  भक्तजनका लागि असहज हुने भएकाले छिटो व्यवस्थापन गर्न सरोकार भएका निकायलाई समन्वय गर्न लागिएको कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले बताए ।

महाशिवरात्रिको तयारीका लागि सरकारी निकायसँगै विभिन्न सामाजिक सङ्घ संस्था र व्यक्तित्वको पनि सहयोग आवश्यक रहेकामा उनले जोड दिए । मन्त्री पाण्डेले पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, घाट क्षेत्र, राममन्दिर, मृगस्थली, विश्वरुपलगायतस्थानमा भइरहेको महाशिवरात्रिको तयारीका कामको अवलोकन गरेका थिए ।

अझै केही काम सक्न समय लाग्ने देखिएकाले महाशिवरात्रिअघि नै काम सक्न पनि मन्त्री पाण्डेले कोषका कर्मचारीलाई निर्देशन दिए । कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्यहरुलगायतले उहाँलाई महाशिवरात्रिका अवसरमा भइरहेको तयारीका बारेमा जानकारी गराएका थिए

महाशिवरात्रिको तयारीका लागि मन्त्री पाण्डेको अध्यक्षतामा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समितिअन्तर्गत नौ वटा विषयगत उपसमिति गठन गरेर महाशिवरात्रिको तयारी भइरहेको सदस्य सचिव थापाले सुनाए।

मूल समारोह समिति र उपसमितिले तयारीलाई तीव्रता दिइरहेको कोषले जनाएको छ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा साधुसन्तको आगमन सुरु भइसकेको छ । पशुपति क्षेत्रमा आएका साधुसन्तलाई स्वर्गद्वारी आश्रमलगायतले आवास, भोजन एवं धुनी ताप्ने व्यवस्था सुरु गरिसकेका छन् ।

यस वर्ष भारतको प्रयागमा जारी महाकुम्भ दर्शन गरेर महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि धेरै भक्तजन आउने अनुमान गरिएको कोषले जनाएको छ ।

पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि कोष, गुठी संस्थान, पशुपति क्षेत्रस्थित विभिन्न आश्रमले आवास, भोजन र धुनी ताप्ने व्यवस्था गर्ने गरेका छन् । महाशिवरात्रि सकिएपछि कोष र संस्थानले साधुसन्तलाई दक्षिणासहित बिदाइ गर्ने प्राचीनकालदेखिको परम्परा छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit