Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्ज्वलन

विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्ज्वलन
विज्ञापन
Advertisement

म्याग्दी । विश्व शान्तिको कामना गर्दै आज बेनीस्थित कालीगण्डकी नदी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन गरिएको छ । विश्व हिन्दू महासङ्घ म्याग्दीले रामनवमी पर्वको अवसर पारेर कालीगण्डकी र म्याग्दी नदीको दोभान नजिकै दीप प्रज्ज्वलन गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

विश्व शान्तिको कामनाका साथै बेनी बजारको धार्मिक पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यले दीप प्रज्ज्वलन गरिएको महासङ्घका उपाध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए ।

मध्यपूर्वका देशहरूमा भइरहेका द्वन्द्व हटेर शान्ति कायम होस् र नेपालमा शुक्रबार नै गठन भएको नयाँ सरकारले जनअपेक्षाअनुसार काम गर्न सफल होस् भन्ने कामनासहित दीप प्रज्ज्वलन गरिएको महासङ्घका अध्यक्ष दण्डपानी शर्माले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit