Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन माग्यो

काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन माग्यो
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ र १२ को छात्रवृत्तिको बाँकी कोटामा भर्ना गर्न पुनः आवेदन खुला गरेको छ। पहिलो र दोस्रो मनोनयन सूचीमा छनोट हुन नसकेका परीक्षार्थीले अन्तिम मनोनयनका लागि विषय र शिक्षण संस्थाको प्राथमिकता छनोट गरी पुनः आवेदन दिन सक्नेछन्।

विज्ञापन
Advertisement
Advertisement

महानगरपालिकाका अनुसार आवेदन आज बिहान १० बजेदेखि खुला भएको हाे। इच्छुक परीक्षार्थीले असार ८ गते साँझ ५ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

परीक्षा समितिका संयोजक तथा शिक्षा अधिकारी नमराज ढकालका अनुसार यस वर्ष महानगरभित्रका १४५ संस्थागत शिक्षण संस्थामा चार हजार ८५७ छात्रवृत्ति कोटा निर्धारण गरिएको थियो। पहिलो मनोनयन सूचीबाट तीन हजार ५१ र दोस्रो सूचीबाट २३० गरी तीन हजार २८१ विद्यार्थी छनोट भएपछि बाँकी रहेका एक हजार ५७६ कोटाका लागि पुनः आवेदन खुला गरिएको हो।

महानगरले अन्तिम मनोनयन रिक्त रहेका विषयगत सिटका आधारमा एकमुष्ट योग्यताक्रमअनुसार गर्ने जनाएको छ। परीक्षार्थीले आफूले अध्ययन गर्न चाहेको विषय तथा शिक्षण संस्थाको प्राथमिकता छनोट गरी पुनः आवेदन दिन सक्नेछन्। आवश्यक परे यसअघि छनोट गरेको विषयभन्दा फरक विषय पनि रोज्न सकिने व्यवस्था गरिएको छ।

अनलाइन आवेदनका लागि परीक्षार्थीले इन्ट्रान्स डट जिओभी डट एनपी मा प्रवेश गरी आफ्नो प्रतीक नम्बर, जन्ममिति र प्राप्त पासवर्ड प्रयोग गर्नुपर्नेछ। आवेदन गर्दा रिक्त रहेका शिक्षण संस्थाको विवरण यकिन गरेर मात्रै प्राथमिकता छनोट गर्न महानगरले आग्रह गरेको छ।

गत जेठ १७ गते सञ्चालन भएको छात्रवृत्ति छनोट परीक्षापछि प्रकाशित पहिलो र दोस्रो मनोनयन सूचीमार्फत तीन हजार २८१ विद्यार्थी भर्ना भइसकेका छन्। अब बाँकी सिट अन्तिम मनोनयन प्रक्रियामार्फत पूर्ति गरिने महानगरपालिकाले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit