Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

टाटा कर्भ ईभी नेपालमा सार्वजनिक, ५०२ किमीसम्म रेन्ज दिने क्षमता

टाटा कर्भ ईभी नेपालमा सार्वजनिक, ५०२ किमीसम्म रेन्ज दिने क्षमता
विज्ञापन
Advertisement

काठमाडौं । टाटाको नयाँ एसयूभी कर्भ ईभी नेपालमा सार्वजनिक भएको छ । टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यसलाई नेपाली बजारमा भित्र्याएको हो । नवीनतम प्रविधिसहित आएको टाटा कर्भ ईभी आकर्षक डिजाइन, उत्कृष्ट सुरक्षा फिचरहरू र लामो रेन्ज क्षमतासहित प्रस्तुत गरिएको छ । कार सेतो र खैरो रङमा उपलब्ध छ, जसले यसलाई आधुनिक र प्रीमियम लुक दिन्छ । ड्यासबोर्डमा १२।३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टचस्क्रिन, जसले मनोरञ्जन र नेभिगेसनलाई सहज बनाउँछ । १०।२५ इन्चको डिजिटल इन्स्ट्रमेन्ट क्लस्टर (हाई भेरियन्टमा) जसले गाडीको अवस्था स्पष्ट रूपमा देखाउँछ । ६ वटा एयर ब्याग, जसले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिएको छ । अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम, जसले आकस्मिक ब्रेक लगाउन मद्दत गर्छ ।
ब्याट्री र परफरमेन्स
४५ किलोवाट आवर ब्याट्री प्याकस् २१५ एनएम टर्कको साथमा ४३० किलोमिटर रेन्ज दिने क्षमता दिन सक्छ भने ५५ किलोवाट आवर ब्याट्री प्याकस् १२३ किलोवाट पावरको साथमा ५०२ किलोमिटर रेन्ज दिने क्षमता प्रदान गर्न सकिने जनाइएको छ । १८६ एमएम ग्राउण्ड क्लियरेन्स, जसले नेपाली सडकमा सहज ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । कम्पनीले हाल यस  नेपालमा टाटा कर्भ ईभीको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो इलेक्ट्रिक एसयूभीले लामो दूरी तय गर्न सक्ने क्षमता, सुरक्षा र अत्याधुनिक प्रविधिसहित नेपाली उपभोक्ताहरूलाई उत्कृष्ट विकल्प प्रदान गर्नेछ ।

विज्ञापन
Advertisement
Advertisement

 

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit