Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बराल ग्रुपद्वारा वाडा अटो सो २०२५ को लागि आकर्षक अफरहरू सार्वजनिक

बराल ग्रुपद्वारा वाडा अटो सो २०२५ को लागि आकर्षक अफरहरू सार्वजनिक
विज्ञापन
Advertisement

पोखरा । बराल ग्रुपअन्तर्गत सञ्चालनमा रहेका एलिट मोटर्स प्रा. लि. (निसान, ओमोडा एन्ड जेइको, र जिकरका लागि आधिकारिक डिलर) तथा एसएसएल मोटर्स प्रालि। (लिपमोटर र सिट्रनका लागि आधिकारिक डिलर) ले नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) द्वारा आयोजना हुन गइरहेको ‘वाडा अटो सो २०२५’ का लागि विशेष अफरहरू सार्वजनिक गरेका छन्। पोखराको अमरसिंह मैदानमा २०८१ चैत १४ देखि १८ गतेसम्म आयोजना हुने यस भव्य अटो शोमा नेपालका चर्चित अटोमोबाइल कम्पनीहरूको सहभागिता रहने  जनाएकाेछ ।

विज्ञापन
Advertisement
Advertisement

अत्याधुनिक गाडी र विशेष अफरहरू

एलिट मोटर्सले यस अटो शोमा निसान, ओमोडा एन्ड जेइको, तथा जिकरका प्रिमियम गाडीहरू प्रदर्शन गर्नेछ। यस क्रममा सहभागी दर्शकहरूले अत्याधुनिक गाडी अनुभव गर्नुका साथै सीमित अवधिका लागि विशेष अफरहरूको लाभ उठाउन सक्नेछन्।

ओमोडा एन्ड जेइकोले नेपालमा पहिलो वार्षिकोत्सव मनाउँदै ‘वन इयर अफ इनोभेसन’ अफर ल्याएको छ, जसअन्तर्गत ग्राहकहरूले नयाँ ओमोडा एन्ड जेइको गाडी ५५ लाख ९९ हजार को सुरुवाती मूल्यमा खरिद गर्न सक्नेछन्। यसमा नगद छुट, आकर्षक एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बीमा, साथै ८ वर्ष (वा १,६०,००० किलोमिटर) सम्मको वारेन्टी सुविधा उपलब्ध हुनेछ। साथै, निःशुल्क ७ किलोवाट वाल चार्जर र एक वर्षको निःशुल्क सडक करको सुविधा पनि दिइनेछ।

जिकरले पनि विशेष अफर ल्याएको छ जसअन्तर्गत नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क चार्जर, र चालु आर्थिक वर्षको निःशुल्क सडक कर समावेश छ। निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण सुरुवाती मूल्य ३४ लाख ७५, हजार मा प्रस्तुत गरिँदैछ। यसमा मासिक किस्ता रु। २६,३२० सहित आकर्षक फाइनान्सिङ सुविधा, एक वर्षको विस्तृत बीमा, तीन वर्षसम्म निःशुल्क सर्भिसिङ, तथा वारेन्टी सुविधा प्रदान गरिनेछ।

गोल्छा ग्रुपको सहभागिता र विशेष अफरहरू

गोल्छा ग्रुपले स्टल नम्बर ‘ए-टु’ मा ‘लिपमोटर’ र ‘सिट्रन’ ब्रान्डका गाडीहरू प्रदर्शन गर्नेछ। लिपमोटरले ‘वाडा मा नाडा अफर’ सार्वजनिक गरेको छ, जसअन्तर्गत ‘सि टेन’ गाडी रु। ६७,९९,००० को विशेष मूल्यमा उपलब्ध गराइनेछ। यसअन्तर्गत २० प्रतिशतडाउनपेमेन्ट, निःशुल्क ७ किलोवाटको चार्जर, निःशुल्क सडक कर तथा अन्य आकर्षक सुविधाहरू उपलब्ध हुनेछन्। स्टल भ्रमण गर्ने ग्राहकहरूले लिपमोटरको तर्फबाट विशेष गिफ्ट ह्याम्परसमेत प्राप्त गर्नेछन्।

ग्राहकका लागि उत्कृष्ट अवसर

एलिट मोटर्स र एसएसएल मोटर्सले ग्राहकहरूको अटोमोटिभ तथा ड्राइभिङ अनुभवलाई सहज, किफायती र उत्साहजनक बनाउन निरन्तर प्रयास गरिरहेका छन्। वाडा अटो सोमा भाग लिँदै यी कम्पनीहरूले विश्वस्तरीय अटोमोटिभ ब्रान्डहरू तथा सेवाहरू ग्राहकहरूसम्म सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता पुनः पुष्टि गरेका छन्। बराल ग्रुपले सम्पूर्ण अटोप्रेमी तथा नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूलाई पोखरामा आयोजना हुने ‘वाडा अटो सो २०२५’ भ्रमण गरी उत्कृष्ट अफरहरूको लाभ उठाउन आह्वान गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit