images
images
images

संकटालाई हराउँदै आर्मी बन्यो केपी ओली कप फुटबलमा फाइलन खेल्ने पहिलो टोली

images
images

काठमाडौं । संकटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा शुक्रबार साँझ भएको पहिलो सेमिफाइनलमा संकटालाई २–१ गोलले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

images
images

आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले समान एकएक गोल गरे । नवयुगले खेलको ७औं मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाएका थिए । यस्तै, खेलको ६५औं मिनेटमा हेम्जनले थप एक गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । संकटाका लागि विसन गुरुङले इन्जुरी समयमा एक गोल फर्काए।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि आयोजक केपी एफसी र मछिन्द्र एफसीबिच प्रतिष्पर्धा हुनेछ । फाइनल खेल यही फागुन १९ गते हुनेछ । जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।

फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

फाइनल खेलमा अवलोकन गर्न इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन नेपाल आउने राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए ।

images
images

प्रतिक्रिया दिनुहोस्