Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

संकटालाई हराउँदै आर्मी बन्यो केपी ओली कप फुटबलमा फाइलन खेल्ने पहिलो टोली

संकटालाई हराउँदै आर्मी बन्यो केपी ओली कप फुटबलमा फाइलन खेल्ने पहिलो टोली
विज्ञापन
Advertisement

काठमाडौं । संकटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

दशरथ रंगशालामा शुक्रबार साँझ भएको पहिलो सेमिफाइनलमा संकटालाई २–१ गोलले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले समान एकएक गोल गरे । नवयुगले खेलको ७औं मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाएका थिए । यस्तै, खेलको ६५औं मिनेटमा हेम्जनले थप एक गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । संकटाका लागि विसन गुरुङले इन्जुरी समयमा एक गोल फर्काए।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि आयोजक केपी एफसी र मछिन्द्र एफसीबिच प्रतिष्पर्धा हुनेछ । फाइनल खेल यही फागुन १९ गते हुनेछ । जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।

फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

फाइनल खेलमा अवलोकन गर्न इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन नेपाल आउने राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit