Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

शाइन रेसुङ्गा बैंकले फागुन ११ गते बुटवलमा खुला दौड प्रतियोगिता गर्दै

शाइन रेसुङ्गा बैंकले फागुन ११ गते बुटवलमा खुला दौड प्रतियोगिता गर्दै
विज्ञापन
Advertisement

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आगामी फागुन ११ गते ‘शाइन रेसुङ्गा नेश्नल टेन के रन प्रतियोगिता’ आयोजना गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

खेलकुदमा बुटवललाई चिनाउने उद्देश्यसहित आगामी फागुन दोस्रो साता शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले दश किलोमिटर खुला दौड प्रतियोगिता आयोजना गर्न लागेको पत्रकार सम्मेलनमार्फत जनाएको छ । बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा फागुन ११ गते शाइन रेसुङ्गा राष्ट्रिय ‘टेन के रन’ प्रतियोगिता गर्न लागेको हो ।
‘रन टु शाइन’ नाराका साथ आयोजना हुन लागेको उक्त दौड प्रतियोगिता बुटवलमा आयोजना हुनेछ। प्रतियोगितामा राष्ट्रिय स्तरका धावकहरूको सहभागिता रहने आयोजकले जनाएको छ। यसैगरी, दौडमा २ हजार जना सहभागी बन्ने अनुमान आयोजकको छ ।

प्रतियोगिता खुला, महिला र पुरुष गरी तीन विधामा हुनेछ । यस्तै, स्थानीय तथा ५० वर्षमाथिका प्रतियोगिलाई पनि महत्वका साथ स्थान दिइएको छ । विजेतालाई कुल पाँच लाख रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगितामा खुल्लातर्फका महिला तथा पुरुष विजेताले जनही एक लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले उल्लेख गरेको छ ।

१० किलोमिटर दौडमा राखिएको पुरस्कार राशी एथलेटिक्समा नेपालकै धेरै मानिएको छ। खुल्ला समूहमा दोस्रो हुनेले ४० हजार, तेस्रोले २० हजार, चौथोले १५ हजार र पाँचौं हुने प्रतियोगिले १० हजार रुपैयाँ पाउनेछन्। त्यस्तै, स्थानीय तथा ५० वर्षमाथिका विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रोले ५ हजार, चौथोले २ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। इच्छुक धावकहरूले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको वेबसाइट वा बैंकको बुटवलस्थित केन्द्रिय कार्यालयमा गएर निशुल्क नाम दर्ता गर्न सक्नेछन्।

प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा आयोजना गर्न लागिएको हो भने यसको अपरेसन र व्यवस्थापन कखरा इभेन्टले गर्नेछ। दौड बैंकको बुटवल कालिकानगरस्थित केन्द्रिय कार्यालयबाट सुरु भई मणिग्राम चोकसम्म पुगेर पुनः बैंक परिसरमै आएर समापन हुने उल्लेख छ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पौडेलले खेलकुदमार्फत समाज र राष्ट्रलाई योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । ‘काठमाडौं बाहिर केन्द्रिय कार्यालय राखेर सञ्चालन भइरहेको एक मात्र बैंक हौं। खेलकुद र समाजप्रति उत्तरदायित्व बहन गर्दै राष्ट्रिय स्तरको कार्यक्रमलाई वार्षिक इभेन्टका रूपमा अघि बढाउने योजना छ,’ पौडेलले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit