Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भक्तपुरमा दोस्रो प्रदेश स्तरीय हक्की च्याम्पियनसिप हुने

भक्तपुरमा दोस्रो प्रदेश स्तरीय हक्की च्याम्पियनसिप हुने
विज्ञापन
Advertisement

भक्तपुर । बागमती प्रदेश हक्की संघको आयोजनामा ‘दोस्रो प्रदेश स्तरीय छक हक्की च्याम्पियनसिप–२०२५’ यहि जेठ २५ र २६ गते भक्तपुरमा हुने भएको छ। प्रतियोगिता मध्यपुर ठिमी नगरपालिका–२ स्थित दिब्यश्वरी प्लानिङ्गमा रहेको रोयल नेपाल फुटसल मैदानमा सञ्चालन हुनेछ।

विज्ञापन
Advertisement
Advertisement

गत वर्षको सफल आयोजनालाई निरन्तरता दिँदै यस वर्षको प्रतियोगितामा बागमती, गण्डकी, कोशी, सुदूरपश्चिम, मधेश र कर्णाली गरी छवटै प्रदेशका टिमहरूले सहभागिता जनाउनेछन्।

बागमती प्रदेश हक्की संघका कार्यवाहक अध्यक्ष राम राजा बस्नेतका अनुसार नेपालमा हक्की खेलको विकास र प्रवर्दन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो। साथै, प्रदेशस्तरीय खेलाडीहरूको क्षमता र सम्भावना पहिचान गर्दै नेपाललाई अन्तर्राष्ट्रिय हक्की मञ्चमा प्रस्तुत गर्ने लक्ष्य रहेको पनि उनले जानकारी दिए ।

भक्तपुर जिल्लामा पहिलोपटक हक्कीको प्रदेशस्तरीय प्रतियोगिता हुन लागेको हुँदा यसले जिल्लालाई खेलकुदको क्षेत्रमा थप पहिचान दिलाउने विश्वास लिइएको छ। प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने टोलीलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit