Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पाथीभरा प्रकरणमा स्थानीयमाथि सरकारले दमन गर्यो : प्रचण्ड

पाथीभरा प्रकरणमा स्थानीयमाथि सरकारले दमन गर्यो : प्रचण्ड
विज्ञापन
Advertisement

काठमाडौँ।  नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले पाथिभरा (मुकुम्लुङ) मा स्थानीयमाथि वार्ताको बाटो छाडेर दमन गरेको आरोप लगाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार संघीय संसदमा बोल्दै प्रचण्डले स्थानीयमाथि सरकारले नै दमनको बाटो रोजेको आरोप लगाएका हुन् ।

‘पाथिभरा र मुकुम्लुङको प्रश्‍न पनि छ। त्यो विवादमा सरकारले सिधैं जनतामाथि बल प्रयोग गर्नुभयो। त्यहाँको संवेदनशीलतालाई बुझेर संवाद र समझदारीबाट समाधान खोज्‍नुपर्नेमा दमनको बाटो रोज्‍ने प्रयास गरियो। म यसको गम्भीर ढंगले प्रतिवाद गर्न चाहन्छु ‘ दाहालले भने ।

दाहालले संसदको बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोजेको भन्दै त्यसको आफूहरुले विरोध गर्ने चेतनावी दिए ।

‘सत्तारुढ दलहरुबीच विश्वास छ भने दिनदिनै म यति महिनापछि छाड्छु भनिरहनुपर्छ र ? स्थायित्वको गुड्डी हाँकेर बनेको गठबन्धन हो, स्थायित्व होस् । हरेक दिन गनेर आलोपालोको घोषणा गरिरहनुपर्ने गरी विश्वासको यति धेरै संकट राम्रो देखिएन । हामीसँग डराएर हरेक दिन सत्ता हस्तान्तरणको राग गाइरहन पर्दैन, यति दिनमा धरोधर्म छाड्छु भनेर कसम खाइरहन पर्दैन । ०८४ सम्ममात्र किन, त्यो पछि पनि सँगै जानोस्, मेरो शुभकामना छ’–दाहालले भने ।

दाहालले आफू सरकार बनाउने पक्षमा नरहेको प्रस्ट्याउँदै अहिले जसरी नै संसदको बहुमतको दुरुपयोग गरेर सरकार सामाजिक सञ्जाल नियमन ऐनमा अघि बढ्न खोजे चुप नबस्ने बताए।

‘अझै पनि गठबन्धनका साथीहरु माओवादीबाट सत्ताको खेल तलमाथि होला कि भनेर डराइरहेको देख्छु म । सम्मानित संसदमै म फेरि एकपटक दोहर्याउँछु, हामी अब सत्ताको खेलमा छैनौं । तपाईहरुका संगतले थोरै मैलिएका थियौं, धुलिएका थियौं । आधारभूत वर्गबाट थोरै टाढिएका थियौं । त्यो धुलो र मैलो टक्टक्याएर हामी फेरि गरीब, सीमान्त वर्ग र वर्णतिर फर्किसक्यौं ।’

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit