
काठमाडौँ । पछिल्लो केही दिन लगातर वृद्धि भएको सुनको भाउ आज भने सामान्य घटेको छ । शुक्रबार छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम कारोबार दिन सुनको भाउ आज १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । बिहीबार भने १ लाख ६८ हजार ५०० हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेर १ हजार ९८५ रुपैयाँ कायम पुगेको छ । बिहीबार १ हजार ९८० रुपैयाँ खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्