Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

‘काठमाडौँ विश्वविद्यालयकाे विवाद अन्त्य नगरे शैक्षिक गुणस्तरमा असर पर्नसक्छ’

‘काठमाडौँ विश्वविद्यालयकाे विवाद अन्त्य नगरे शैक्षिक गुणस्तरमा असर पर्नसक्छ’
विज्ञापन
Advertisement

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयभित्र देखिएका विवादलाई समाधान गर्दै संस्थागत विकास र सुशासन कायम नगरे विश्वविद्यालयको छविमा नकारात्मक असर पर्ने सरोकारवालाले धारणा राखेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

समाजले आज काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा वक्ताहरूले विश्वस्तरीय मानकको सूचीमा पु¥याउन विश्वविद्यालयलाई अनुसन्धान र सीपमूलक शिक्षालाई जोड दिँदै समुदायसँगको सम्बन्ध सुमधुर तुल्याउनुपर्ने आवश्यक औँल्याएका छन् ।

विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा डा अच्युत वाग्लेले संस्थागत विकास र सुशासनका क्षेत्रमा केही चुनौती भए पनि आफूूले रजिष्ट्रार हुँदा सुशासन कायम गर्न सक्दो भूमिका निर्वाह गरेको बताए । उनले ३५ वर्षसम्म मानव स्रोत कसरी निर्धारण गर्ने भन्ने आधार निर्धारण नहुँदा विश्वविद्यालय र धुलिखेल अस्पतालका नेतृत्वबीचको मनमुटाव भएकाले विवाद बाहिर आएको उल्लेख गरे । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको पहलमा गत यही माघ ४ गते बसेको विश्वविद्यालयको सभाले ती दुई संस्थाबीच पुनः सहकार्य जारी राख्नेसम्बन्धी सहजीकरण समितिको सुझावसहितकोे प्रतिवेदनलाई अनुमोदन गरेको थियो ।

विश्वविद्यालयको रिक्त उपकुलपति चयनका लागि संस्थापक उपकुलपति प्रा. डा सुरेशराज शर्माको संयोजकत्वमा रहेको खोज तथा सिफारिस समितिले छनोटको मापदण्ड परिमार्जन गरी अनुसन्धान कार्यलाई कम अङ्कभार दिएपािछ विवाद भएको हो । समितिका पदाधिकारीको नातेदार आवेदक भए पनि सिफारिसको निर्णयमा बस्न मिल्ने गराइएपछि विवाद बढेको थियो । सो विश्वविद्यालयका उपकुुलपति प्रा. डा भोला थापाको कार्यकाल यही माघ ६ गते सकिएको थियो । कार्यकाल सकिए पनि थापालाई निरन्तरता दिन सिफारिस समितिले कुलपतिसमक्ष सिफारिस गरेको विषय पनि विवादमा आएको थियो ।

कार्यक्रममा शिक्षाविद् एवं सो विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्रा डा बालचन्द्र लुइँटेलले विश्वविद्यालयभित्रका समस्या नियन्त्रण गर्नै नसक्ने गरी बिग्रिनसकेको जिकिर गर्दै समुदायलाई साथमा लिएर अघि बढ्न सकेमा विद्यार्थीको आकर्षण बढुने बताए । शिक्षाविद् प्रा डा मनप्रसाद वाग्लेले खोज तथा सिफारिस समिति पुरानै ‘लिगेसी’को निरन्तता भएको बताए । उनले सिफारिस समितिले उपकुलपति छनोटको मूल्याङ्कन गर्ने कार्यविधिमा अनुसन्धानलाई बढी अङ्कभार दिने व्यवस्था संशोधन गरेकामा चिन्ता व्यक्त गरे ।

धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जुले समयको माग र सीपमूलक शिक्षामा विश्वविद्यालयले ध्यान दिन र स्थानीयवासीसँग समन्वय बढाउन आग्रह गरे ।

सिफारिस समितिले उपकुलपति पदमा गरेको पहिलोपटक सूचना जारी गर्दा १७ जनाको आवेदन परेको थियो । त्यसमा चिकित्सा क्षेत्रका उम्मेदवार आवेदन गर्न नमिल्ने खालको कार्यविधि बनाइएको भन्दै कुलपतिसमक्ष निवेदन दिएपछि उनको आग्रहमा समितिले यही माघ १८ मा दोस्रोपटक आवेदनका लागि सूचना प्रकाशन गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit