images
images
images

‘स्विस बैंक र कम्बोडिया प्रकरण छानबिन गर्न प्रधानमन्त्री तयार हो ?’

images
images
images

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी लडाकू शिविरमा भएको भनिएको घोटाला र शेरा दरबारबारे छानबिन गर्न संसदमा चुनौती दिएका छन् ।

दाहालले भने, ‘शेरा दरबारमा संलग्नता देखिन्छ भने मबाटै छानविन गर्नुहोस् । म यही रोस्टमबाट भन्छु, शेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानविन सुरु गरौं र मबाट सुरु गरौं । म आज सम्मानित रोष्टममा भन्न चाहन्छु, शेरा दरबारमा कतै मेरो संलग्नता छ भने छानविन गरियोस् ।’

images
images

बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोलेका प्रचण्डले शेरा दरबार काण्डमा आफूमाथि छानबिन गर्न माग गरेका हुन् । लडाकू शिविरमा घोटाला भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
‘प्रचण्डलाई कहाँ बदनाम गर्न सकिन्छ भनेर प्रधानमन्त्री नै लागिपरेको थाहा छ, शेरा दरबारबारे ममाथि छानबिन गर्नुस् । क्यान्टोन्मेन्ट (लडाकू शिविर) को कुरा उठ्छ, छानबिन गरे भयो नि । आज म गिरीबन्धु या ओम्नी भन्दिन । स्विस बैंक र कम्बोडिया छानबिन गर्न प्रधानमन्त्री तयार हुने हो?’ उनले थप भने, ‘अहिले प्रधानमन्त्रीजीप्रति थुप्रै प्रश्न उठेका छन्, यसमा उहाँ छानविनका लागि तयार हुने कि नहुने? उहाँ यसमा तयार हुनुहुन्छ ? तपाई ढुक्क नहुनुहोला, जनताले निकायलिरहेको छ ।’

यसअघी कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको लगानी रहेको भनेर विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले केही नक्कली कागज सार्वजनिक गर्दै आरोप लगाएका थिए । त्यही अपुष्ट विषय छानबिन गर्न तयार हो भनेर प्रचण्डले प्रधानमन्त्री केपी ओलीमाथि संसद्‌बाट प्रश्न आज गरेका हुन् ।

 

 

 

images
images

प्रतिक्रिया दिनुहोस्