images
images

दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंकबिच कर्जा प्रवाहका लागि सम्झौता

images
images
images

काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंकबिच कर्जा प्रवाहका लागि सम्झौता भएको छ । सहकारीका सदस्य किसानलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाको तर्फबाट संस्थाका अध्यक्ष किशोर बगाले र प्रभु बैंकको तर्फबाट प्रदेश प्रमुख सांग्रीला श्रेष्ठले हस्ताक्षर गरे । बैंक अफ द इयर २०२३ को उपाधि पाएको बैंकले ३११ शाखा, २८४ एटीएम, ६९ एक्सटेन्सन काउन्टर मार्फत सेवा दिइरहेको जनाएको छ ।

images
images

 

images
images

प्रतिक्रिया दिनुहोस्