Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

चिकित्सक सङ्घको निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

चिकित्सक सङ्घको निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल चिकित्सक सङ्घ (एनएमए) को आगामी निर्वाचनका लागि निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

समितिले सूचना जारी गर्दै पुस २ गते निर्वाचन समिति समक्ष मनोनयन फारम पेस भएका तथा मनोनयनका लागि दस्तुर बुझाएका सदस्यको मनोनयन कायम गरी अन्तिम नामावली प्रकाशन गरेको हो ।

निर्वाचन समितिले विधान बाहिर गएर काम गरेकाले यथास्थितिमा निर्वाचनका गतिविधि अघि नबढोस् भन्दै डा।अजयकुमार मिश्रले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनले उनको पक्षमा अन्तरिम आदेश दिएपछि निर्वाचन रोकिएको थियो ।
सार्वजनिक सूचना अनुसार संघको वर्तमान कार्यसमितिसँग छलफल गरी यथाशीघ्र निर्वाचन आयोगसँग स्वीकृत लिई निर्वाचनको नयाँ मिति तय गरिने छ ।

समितिले सबै उम्मेदवार, मतदाता तथा सरोकारवालालाई निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।
एनएमएको आगामी निर्वाचनका लागि अध्यक्ष पदमा डा।बद्री रिजाल, डा।मङ्गल रावल र डा।नारायणप्रसाद भुसाल ,वरिष्ठ उपाध्यक्षका लागि डा। अजयकुमार मिश्रा, डा।कृतिपाल सुवेदी, डा।सञ्चीव तिवारीलेको उम्मेदवारी परेको छ ।

त्यस्तै महासचिव पदका लागि तीन जना, कोषाध्यक्षका लागि दुई, सहसचिवका लागि तीन सह कोषाध्यक्षका लागि दुई र सदस्यका लागि १८ जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी, प्रदेश संयोजकको लागि कोशीमा तीन, मधेशमा तीन, बागममीमा चार, गण्डकीमा दुई, लुम्बिनीमा तीन, कर्णली प्रदेशमा तीन र सुदूर पश्चिममा दुई जनाको उम्मेदवारी परेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit