Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आईएमई लाइफ इन्स्योरेन्सले पायो सर्वश्रेष्ठ जीवन बीमा सँगै तीन विधामा ‘इमर्जिङ एसिया अवार्ड’

आईएमई लाइफ इन्स्योरेन्सले पायो सर्वश्रेष्ठ जीवन बीमा सँगै तीन विधामा ‘इमर्जिङ एसिया अवार्ड’
विज्ञापन
Advertisement

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सले ३ विधामा इमर्जिङ एसिया अवार्ड जितेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौं संस्करणमा तीन विधामा ‘इमर्जिङ एसिया अवार्ड’ जितेको हो । कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड र बीमा नेतृत्वमा महिला समेतगरी तीन वटा अवार्ड जितेको छ ।

अवार्डमा स्वतन्त्र तथा विशिष्ट निर्णायकले निर्णय गरेका थिए। यी पुरस्कारले आईएमई लाइफ इन्स्योरेन्सको ग्राहक–केन्द्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामूलक नेतृत्वको कदर गरेको कम्पनीले जनाएको छ । नेपालभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने कम्पनीको उद्देश्यलाई पुरस्कारले थप प्रोत्साहित गरेको आईएमई लाइफ इन्स्योरेन्सले उल्लेख गरेको छ ।

कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का प्यानल डिस्कसनमा वक्ताका रुपमा सहभागी भएका थिए । उनीसँगै जिम विचर्डले आफ्नो २८ वर्षभन्दा बढी विश्वव्यापी अनुभव र बीमा उद्योग तथा चुनौती र सकारात्मक पक्षमाथि धारणा राखेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit