Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

कर्मचारी सङ्गठनले सुशासनको पैरवी गर्नुपर्छ : मन्त्री भण्डारी

कर्मचारी सङ्गठनले सुशासनको पैरवी गर्नुपर्छ : मन्त्री भण्डारी
विज्ञापन
Advertisement

 काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कर्मचारीहरूले सुशासन कायम गर्नमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल निजामती कर्मचारी सङ्गठन, उद्योग, वाणिज्य तथा आपूर्ति विभागीय समितिको १२औँ अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले कर्मचारी सङ्गठनले सुशासन, पारदर्शिता र जबाफदेहिताको पैरवी गर्नुपर्ने बताए । कर्मचारीहरू आफ्नो जिम्मेवारीमा प्रतिबद्ध र वफादार भए मात्रै देशको अर्थतन्त्र सुधार हुने बताउँदै उनले अनलाइन प्रणालीबाट कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए ।

सेवाग्राहीले लाइन बसेर सेवा लिने प्रवृत्ति हटाउनुपर्ने मन्त्री भण्डारीको भनाई छ । उनले भने,‘अब लाइन होइन अनलाइन भनेर बुझ्नुपर्छ, जो कर्मचारीलाई प्रविधिको उच्चतम प्रयोग गरेर अनलाइन प्रणामीमा काम गर्दा अप्ठ्यारो लाग्छ उसले अन्यत्र जानका लागि तयारी गर्नुस् ।’ मन्त्रालय मातहतकै केही निकायका कर्मचारीहरूलाई अटोमेशन प्रणाली चित्त नबुझेकोमा असन्तुष्टि व्यक्त गरे। सरकारले तय गरेको पूर्ण अटोमेशन प्रणाली प्रयोगमा ल्याउन कर्मचारीहरूलाई निर्देशन समेत दिएका थिए।

मन्त्री भण्डारीले केही कर्मचारीहरू आफ्नो व्यक्तिगत लाभका लागि सङ्गठनमा आबद्ध हुने गरेको बताए। उनले भने, ‘केही कर्मचारीहरू सङ्गठनको मर्म, भावना, मूल्य र मान्यता विपरीत गलत कर्मबाट जोगिनका लागि सङ्गठनको साथ लिने गरेको पाइन्छ, पहिला यो प्रवृत्ति प्रर्ण रूपले हटाउनुस्, त्यसपछि सङ्गठनमा आबद्ध हुनुस् ।’

मन्त्री भण्डारीले कर्मचारीहरूको सङ्गठनलाई धुमिल स्थितिबाट उज्यालो अवस्थामा पु¥याउनका लागि सङ्गठनमा कामगर्न आग्रह गरे । सङ्गठनको अवधारणा, औचित्य, मर्म र भावनालाई अब्बल राख्नुपर्नेमा उहाँको जोड रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit