Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सन नेपाल लाइफ द्वारा मलेशियामा नेपाली आप्रवासी कामदारलाई लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ द्वारा मलेशियामा नेपाली आप्रवासी कामदारलाई लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न
विज्ञापन
Advertisement

क्वालालम्पुर । मलेशियामा कार्यरत नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सले बैदेशिक रोजगार बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम मलेसियाको क्वालालम्पुरमा आयोजना गरिएको थियो।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत महामहिम डा. नेत्रप्रसाद तिमसिना प्रमुख अतिथिको रूपमा उपस्थित रहेको थियो । कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले आप्रवासी श्रमिकहरूको वित्तीय सुरक्षा, बैदेशिक रोजगार बीमा, दाबी भुक्तानी प्रक्रिया र यसका दीर्घकालीन लाभबारे प्रकाश पारे ।

सन नेपाल लाइफ इन्स्योरेन्स आप्रवासी नेपालीहरूका लागि आर्थिक तथा स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको छ। कम्पनीले १३९ शाखा तथा उपशाखा कार्यालयहरू तथा ३२,००० भन्दा बढी अभिकतामार्फत देशभर र विदेशमा रहेका नेपाली नागरिकलाई जीवन बीमा सेवा प्रदान गर्दै वित्तीय सुरक्षामा निरन्तर समर्पित रहेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit