images
images
images

क्यान्टोनमेन्ट घोटाला छानबिन गर्न जनार्दनको रोस्टमबाटै चुनौती

images
images
images

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारले ल्याएको अध्यादेशमा गहन छलफल गरिनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै सरकारले अध्यादेश ल्याएर जनतामा आतंक मच्याएको दाबी गरेका हुन्।

images

उनले भने, ‘अध्यादेश ल्याउन हुँदैन भन्ने होइन, ल्याउन मिल्छ तर त्यसभित्र केके आयो भन्ने प्रश्न छ। त्यसले कालोबजारी बढ्छ कि भन्ने जनतामा आतंक छ।’

उनले सरकारले सरकारी जमिन बाँड्ने गरी अध्यादेश आएको भन्दै सरकारको नियतमाथि शंका गरे । ‘सबै सरकारी सम्पत्ति बाँडिन्छ कि भन्ने छ, अध्यादेश ल्याउन नपाइने होइन तर, सत्तापक्षलाई भन्छु, मिठो कुरा पनि हतारामा खान खोजियो भने घाँटीमा अड्कियो भने त्यसको अर्थ हुँदैन। आज अध्यादेश कहाँ अड्किएको छर? अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भएको छ। त्यसलाई निकाल्नुपर्‍यो। हाम्रा कुराहरू छँदैछन्। यहाँ छलफल गरौँला नि। राम्रोलाई राम्रो भनौँला नि नराम्रोलाई नराम्रो भनौँला।’

उनले सदनमा जनताको एजेण्डा उठाउनुपर्नेमा सरकार बच्यो र ढल्यो भन्ने कुरामा केन्द्रित भएको टिप्पणी गरे । अहिले सदनमा एकले अर्कालाई दोषी करार गर्नभन्दा पनि शक्तिशाली आयोग बनाएर सबै भ्रष्टाचारको छानबिन गर्न माग गरे।

उनले भने, ‘भ्रष्टाचारको छानबिन गरौँ। यो रोष्ट्रमबाट मैलेपनि धेरै चोटि भनेको छु, छानबिन गरौँ। शक्तिशाली आयोग बनाऔँ। को कोले गरेको भन्ने कुरा त्यहाँ पुष्टि हुन्छ नि, गर्न किन आँट नगर्ने ? त्यो आँट गरौँ भनिएको छ । क्यान्टोनमेन्टको होस वा अरु कुनै कुराको होस, छानिबन गरेर अघि बढौँ न । छानबिनको लागि कसैले छेकेको छैन।’

images
images

प्रतिक्रिया दिनुहोस्