Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

कोशी प्रदेश सभाको नवौं अधिवेशन भोलिदेखि, पर्सि नीति तथा कार्यक्रम प्रस्तुत गरिने

कोशी प्रदेश सभाको नवौं अधिवेशन भोलिदेखि, पर्सि नीति तथा कार्यक्रम प्रस्तुत गरिने
विज्ञापन
Advertisement

विराटनगर । कोशी प्रदेश सभाको नवौं अधिवेशन भोलि जेठ ६ गतेदेखि सुरु हुँदैछ । दिउँसो ३ बजे विराटनगर महानगरपालिका–७ स्थित वीरेन्द्र सभा गृहमा बस्ने बैठकको तयारी प्रदेश सभा सचिवालयले गरिरहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कोशी प्रदेश सभाको विराटनगरस्थित भवन जेनजी आन्दोलनका क्रममा आगजनीपछि ध्वस्त बनेपछि प्रदेश सभा सचिवालय हाल कटहरीबाट सञ्चालन हुँदै आएको छ । सचिवालय भवनमा बैठक सञ्चालनको पर्याप्त तयारी नभएकाले यसपटक पनि वीरेन्द्र सभा गृहबाटै अधिवेशन सञ्चालन गर्न लागिएको हो ।

यसअघिको अधिवेशन समेत सोही सभा गृहबाट सञ्चालन गरिएको थियो ।
यसैबीच, कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पर्सि जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार यस वर्षको नीति तथा कार्यक्रममा केही नवीन तथा जनमुखी योजनालाई प्राथमिकतामा राखिएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीबार प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit