काठमाडाैं । महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष बुझाएकाे छ । उक्त प्रतिवेदनले आर्थिक वर्ष २०८१-८२ को बेरुजु कुल बेरजु ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ निस्किएको छ ।
यो वर्ष ३ हजार ५० सङ्घीय मन्त्रालय तथा निकायको २९ खर्ब १७ अर्ब ९५ करोड, १ हजार १२४ प्रदेश मन्त्रालय तथा निकायको ३ खर्ब २० अर्ब ३० करोड, ७२१ स्थानीय तहको ११ खर्ब ९ अर्ब ५२ करोड, ५७७ समिति र अन्य संस्थाको ४ खर्ब ४७ अर्ब ७७ करोड र सङ्गठित र सङ्घीय कानुनद्वारा तोकिएका ४४ संस्थाको ५४ आर्थिक वर्षको ४६ खर्ब ८८ अर्ब ९६ करोडसमेत रु।९४ खर्ब ८४ अर्ब ५० करोडको लेखापरीक्षण सम्पन्न गरिएको महालेखाले जनाएको छ ।
अद्यावधिक बेरुजु सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, समिति र अन्य संस्थातर्फ लेखापरीक्षणबाट औंल्याइएको अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख रहेको छ। अद्यावधिक बेरुजु गत वर्ष भन्दा २.९९ प्रतिशतले बढेको छ। यस हिसाबले यो वर्षसम्म फस्यौट गर्न बाँकी अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख रहेकाे छ ।








कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्