Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

‘ग्रे लिस्ट’ बाट बाहिरिने विषयमा प्रहरी महानिरीक्षकसँग एपीजीका प्रतिनिधिको उच्चस्तरीय छलफल

‘ग्रे लिस्ट’ बाट बाहिरिने विषयमा प्रहरी महानिरीक्षकसँग एपीजीका प्रतिनिधिको उच्चस्तरीय छलफल
विज्ञापन
Advertisement

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) का प्रतिनिधिमण्डलले सोमबार भेटवार्ता गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

प्रहरी प्रधान कार्यालय नक्सालमा भएको भेटमा नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी सघन निगरानी सूची ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकारले चालिरहेका कदम तथा कार्ययोजनाको कार्यान्वयनबारे छलफल भएको थियो ।

प्रहरी महानिरीक्षक कार्कीले सम्पत्ति शुद्धीकरण निवारण प्रणालीलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले अन्य सरोकारवाला निकायसँग समन्वय गर्दै कारबाहीलाई तीव्र बनाएको जानकारी दिएका थिए । उनले वित्तीय अपराध नियन्त्रणमा नेपाल प्रहरीको भूमिकाबारे पनि प्रतिनिधिमण्डललाई अवगत गराएका थिए ।

भेटका क्रममा प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि, प्राविधिक सहयोग, सूचना आदान–प्रदान तथा आगामी कार्यदिशाबारे समेत दुई पक्षबीच छलफल भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

एपीजीका डेपुटी एक्जुकेटिभ सेक्रेटरी डेभिड श्यानन र पोलिसी अफिसर किया सासल सहभागी रहेको उक्त भेटमा वित्तीय अपराध नियन्त्रणका लागि अन्तरराष्ट्रिय समन्वय र आपसी सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

भेटमा वित्तीय जानकारी एकाइका पदाधिकारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव, नेपाल राष्ट्र बैंकका निर्देशक तथा नेपाल प्रहरीका अधिकारीहरूको सहभागिता रहेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit