Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

बैंकर पक्राउ प्रकरणप्रति महासंघको आपत्ति, लगानी वातावरण बिग्रने चेतावनी

बैंकर पक्राउ प्रकरणप्रति महासंघको आपत्ति, लगानी वातावरण बिग्रने चेतावनी
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ ले पछिल्ला दिनहरूमा विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी, व्यवसायी, निर्माण व्यवसायी तथा बैंकरहरूलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले यस्तो प्रवृत्तिले मुलुकको व्यावसायिक तथा लगानी वातावरणमा नकारात्मक असर पार्ने चेतावनी दिएको हो।

विज्ञापन
Advertisement
Advertisement

महासंघद्वारा जारी विज्ञप्तिमा निजी क्षेत्र र बैंकिङ क्षेत्रका नेतृत्वदायी व्यक्तिहरूलाई फौजदारी कसूरको शैलीमा पक्राउ गरिनुले समग्र व्यावसायिक वातावरणमा त्रास सिर्जना भएको उल्लेख गरिएको छ। यसले लगानीकर्ता र व्यवसायिक समुदायमा गलत सन्देश प्रवाह भएको महासंघको भनाइ छ।

महासंघले आम सर्वसाधारणको निक्षेप संकलन गरी सञ्चालन हुने बैंकहरूले कर्जा असुली गर्ने प्रक्रियाकै आधारमा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पक्राउ गर्नुले बैंकिङ क्षेत्रको विश्वसनीयतामाथि असर पर्न सक्ने जनाएको छ। यस्तो घटनाले बैंकिङ क्षेत्रको निर्णय क्षमता कमजोर हुने, कर्जा प्रवाहमा संकुचन आउने तथा समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने महासंघको ठहर छ।

विज्ञप्तिमा सरकारले प्रारम्भिक अनुसन्धान नै पूरा नगरी उद्योगी व्यवसायीलाई पक्राउ गर्ने तथा ‘मिडिया ट्रायल’ गर्ने कार्यले सम्बन्धित व्यक्तिको प्रतिष्ठामा आँच पुग्ने उल्लेख गर्दै यस्ता अनुसन्धान गोप्य रूपमा गर्न आग्रह गरिएको छ। साथै, देवानी दायित्व सिर्जना हुने प्रकृतिका मुद्दालाई सोही अनुरूप छानबिन र अभियोजन गर्नुपर्ने महासंघको माग छ।

महासंघले नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने संवैधानिक व्यवस्थाको स्मरण गराउँदै सरकारलाई यस विषयमा गम्भीर बन्न आग्रह गरेको छ।

करिब चार वर्षदेखि शिथिल बन्दै गएको अर्थतन्त्र नयाँ सरकारको नीतिगत र व्यवसायीमैत्री व्यवहारपछि गतिशील बन्ने अपेक्षा निजी क्षेत्रले गरेको उल्लेख गर्दै महासंघले यस्ता गतिविधिले लगानी वृद्धि र व्यवसायिक आत्मविश्वासमा असर नपार्ने वातावरण निर्माण गर्न सरकारसँग अपिल गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit