Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

छोरीलाई पढाए बालविवाह रोकिन्छ : मुख्यमन्त्री सिंह

छोरीलाई पढाए बालविवाह रोकिन्छ : मुख्यमन्त्री सिंह
विज्ञापन
Advertisement

काठमाडौँ । मधेश प्रदशका मुख्यमन्त्री सतीशकुमार सिंहले छोरीलाई पढाउन सके बालविवाह रोकिने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

छोरीको बिहा गरेर बोझ हटाउने मानसिकताका कारण बालविवाहले प्रश्रय पाइरहेको भनाइ मन्त्री सिंहको छ। गरिबीकै कारण शिक्षामा बालिकाको सहभागिता कम भएको भन्दै उनले शिक्षा र चेतनाबाट मात्र बालविवाह उन्मूलन हुने प्रस्ट पारे।

बुधबार जनकपुरधामको मधेश भवनस्थित मुख्यमन्त्री निवासमा पुगेका बालविवाहमुक्त नेपालका लागि काम गरिररहेका जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल तथा बेस नेपालका प्रतिनिधि एवम् बालबालिकालाई मुख्यमन्त्री सिंहले शिक्षामा पहुँच र प्राप्तिबाटै बालविवाह रोकिने हुँदा बालिका शिक्षित हुँदा धेरै दाइजो दिनुपर्ने र त्यसकारण बालविवाहमा वृद्धि भएको गलत भाष्य स्थापित नगर्न आग्रह गरे।

उनले विपन्नतासँग लडिरहेका अभिभावकले विद्यालय शिक्षा पूरा नगर्दै छोरीको बिहे गर्ने विद्यमान मानसिकतालाई निरुत्साहित गर्न बालिकाहरूले घरभित्र पनि असल मत निर्माणमा अग्रसरता लिनुपर्ने मुख्यमन्त्री सिंहले सुझाए। पछिल्ला समयमा देखापरेका विकृति तथा विसङ्गति निर्मूल गरी छोरी शिक्षाका लागि अभिभावकमा संवेदनशीलता बढाउन उनले सुझाव दिए।

उनले सामुदायिक विद्यालयमा बालिकाको संख्यात्मक उपस्थिति उल्लेख्य रहेको र उच्चशिक्षा पाएका बालिकाले चिकित्सा, इन्जिनियरिङ क्षेत्रमा अब्बल प्रदर्शन गरिरहेको टिप्पणी गरे। बाबुआमाको हेरचाहमा छोराभन्दा छोरीले बढी गरिरहेको विषय स्थापित भइसकेको भन्दै शिक्षाका माध्यमबाट छोरीलाई विभिन्न सरकारी लगायतका अवसरमा सहभागिता एवं प्रतिनिधित्व सुनिश्चित गराउन बालिका शिक्षामा सबै पक्षको ध्यान केन्द्रित हुनुपर्ने बताए।

उनले उमेर नपुगी र शिक्षा प्राप्ति नसकिँदासम्म छोरीको विवाह नगर्न सचेतना जागरणमा दातृनिकाय, गैरसरकारी संस्था लगायत सरोकारवालाहरू थप सक्रिय हुनुपर्ने औंल्याए। मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा सरकारी सेवातर्फ ५० प्रतिशत महिला आरक्षण रहेको बताए।

मुख्यमन्त्री सिंहले बालविवाहविरुद्धको प्रतिबद्धतापत्रमा समेत हस्ताक्षर गरेका छन्। प्रतिबद्धतापत्रमा बालविवाह सामाजिक समस्या र कानुनी अपराध भएकाले हरतरहले बालविवाह समाप्त गर्ने उल्लेख छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit