Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

लाइसेन्स छाप्ने अनुमति सुरक्षण मुद्रण केन्द्रलाई, पहिलो चरणको लाइसेन्स असार मसान्तभित्र सक्नेगरी सहमती

लाइसेन्स छाप्ने अनुमति सुरक्षण मुद्रण केन्द्रलाई, पहिलो चरणको लाइसेन्स असार मसान्तभित्र सक्नेगरी सहमती
विज्ञापन
Advertisement

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को छपाई सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ । उक्त विषयमा यातायात व्यवस्था विभाग र केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको मुद्रण केन्द्र मार्फत चालक अनुमति पत्र छाप्ने जिम्मा पाएको हो । लामो समय देखि नविकरण गरिएको सवारीको समेत लाइसेनस नपाउँदा सर्वसाधारणले विभिन्न समस्या भोग्दै आएका छन् । लाइसेन्स नपाउँदा राजश्व तिरेको नगदी रसिद बोकेर हिँड्न सर्वसाधारण बाध्य छन् ।

उक्त बाध्यताको अन्त्यका लागि नागरिक एपमा चालक अनुमति पत्र समावेश गरिएको छ । हाल सोहि एप मार्फत ट्राफिक प्रहरीले नियमन गर्ने तथा जरिवाना भुक्तानी गराउने गर्दै आएको छ । समस्याको दिगो समाधानका लागि समयमै लाइसेन्स छपाई हुनुपर्नेमा जोड दिँदै मन्त्री दाहालले चुस्त र छिटो सेवा उपलब्ध राउन विकल्पको खोजी गर्न निर्देशन दिएको उनको सचिवालयले उल्लेख गरेको छ ।

सरकारी निकायहरुबीचमै सहकार्यको आवश्यकता औंल्याउँदै लाइसेन्स छपाईको विकल्प खोजि गर्न केहिदिन अघि दुवै मन्त्रालयका सचिव सहित मन्त्रीद्ववयले छलफल गरेका थिए ।
सञ्चार मन्त्रालयसँगको सहकार्यले लाइसेन्स छपाई कार्य चुस्त र पारदर्शी हुने अपेक्षा यातायात मन्त्रालयले गरेको छ ।

दुई पक्षबीचमा भएको समझदारी अनुसार सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्त भित्रमा प्रथम चरणको छपाई गरि विभागलाई हस्तातरण गर्नेछ । उक्त समझदारीपत्रमा केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगाना तथा यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलले हस्ताक्षर गरेका छन् । अब सुरक्षण मुद्रण केन्द्रले क्युआर सहितका विभिन्न सुरक्षा विशेषता सहितको सवारी चालक अनुमति पत्र छपाई गर्ने विभागले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit