Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

तीन करोडभन्दा माथिको घरजग्गा कारोबार गर्नेलाई इजाजतपत्र अनिवार्य

तीन करोडभन्दा माथिको घरजग्गा कारोबार गर्नेलाई इजाजतपत्र अनिवार्य
विज्ञापन
Advertisement

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई अनिवार्य रूपमा इजाजतपत्र लिन आग्रह गरेको छ। विभागले २१ दिनभित्र अनलाइन प्रणालीमार्फत आवेदन दिन सूचना जारी गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

विभागका अनुसार नेपाल सरकारको राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार महानगरपालिका तथा उपमहानगरपालिका क्षेत्रमा एक पटकमा तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले इजाजतपत्र लिनुपर्नेछ। इच्छुक संस्थाले विभागको अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

इजाजतपत्र प्राप्त गर्न कारोबारको आकारअनुसार दस्तुर पनि तोकिएको छ। एक पटकमा पाँच करोड रुपैयाँसम्मको कारोबार गर्नेले पाँच लाख रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ भने पाँच करोड रुपैयाँभन्दा बढी कारोबार गर्नेले दश लाख रुपैयाँ दस्तुर तिर्नुपर्नेछ। विभागले यसअघि अनलाइन आवेदन दिए पनि २०८३ असार मसान्तसम्म इजाजतपत्र नलिएका फर्म, कम्पनी तथा संस्थाले समेत नयाँ सूचनाअनुसार पुनः अनलाइन आवेदन दिनुपर्ने स्पष्ट पारेको छ। अनलाइन आवेदनसँगै पेश गरिएका कागजातको एक–एक प्रति प्रिन्ट गरी विभागमा बुझाउनुपर्नेछ।

साथै, आवेदन दर्तापछि सम्बन्धित कम्पनी वा संस्थाका सञ्चालक सदस्यहरूले नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयको अभिलेखका आधारमा आपराधिक गतिविधिमा संलग्न नरहेको व्यहोराको पत्र पनि पेश गर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit