Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

‘मौसम पूर्वानुमान सूचना प्रणालीको नीतिगत व्यवस्थापनमा जोड दिनुपर्छ’

‘मौसम पूर्वानुमान सूचना प्रणालीको नीतिगत व्यवस्थापनमा जोड दिनुपर्छ’
विज्ञापन
Advertisement

काठमाडौं । विश्व रेडियो दिवसका अवसरमा आयोजित एक कार्यक्रमका वक्ताले सञ्चारमाध्यमले प्रवाह गर्ने सूचना नागरिकको जीवन सहज बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव) द्वारा आज ललितपुरमा आयोजित रेडियो र जलवायु परिवर्तन कार्यक्रमअन्तर्गत भएको पहुँच र जवाफदेही मौसम तथा जलवायु सूचना सुनिश्चितता गर्न बहुसरोकार भएकाको संग्लग्नता विषयक समूहगत छलफलमा धारणा राख्ने । वक्ताले सञ्चारमाध्यम जनताका लागि जनताका अबर सम्प्रेषण गर्ने हुनुपर्नेमा जोड दिएका हुन्।

सङ्घीय संसद्को कृषि, सहकारी तथा प्रकृति स्रोत समितिका सभापति कुसुमदेवी थापाले जलवायुको उच्च जोखिममा परेको हिमाली क्षेत्रमा नेपाल अवस्थित रहेकाले प्रकृतिमा आधारित रहेर काम गर्ने ६२ प्रतिशत किसानलाई ध्यानमा राख्दै मौसम पूर्वानुमान सूचना प्रवाहमा प्रभावकारी काम गर्नुपर्ने धारणा राखे।

“नेपालले जलवायु परिवर्तन कोषको उपयोग र व्यवस्थापन क्षेत्रमा महत्वका साथ काम गर्नुपर्छ। मौसम पूर्वानुमान सूचना प्रणालीको नीतिगत व्यवस्थापनमा जोड दिनुपर्छ, सूचना प्रणालीमा रेडियोको भूमिका महत्वपूर्ण हुने भएकाले तीन तहका सरकारसँग समन्वय गर्दै नागरिकलाई सही समयमा सही सूचना प्रवाह गर्नुपर्छ”, उनले भने।

उनले वनजङ्गलमा खेर गइरहेको पातपतिङ्गरलाई प्राङ्गारिक मल उत्पादन गर्न सकने भन्दै यसबाट वनमा लाग्ने आगलागीका घटना न्यूनीकरण हुने बताए।

अर्थ मन्त्रालयअन्तर्गत जलवायु वित्त विभागका प्रमुख ओमप्रकाश भट्टराईले जलवायु परिवर्तन र अर्थतन्त्रमध्ये कुनलाई प्राथमिकता दिने भन्ने विषय विश्वमा प्रमुख बहसको विषय बनेको बताए। उनले सन् २०४५ सम्म जिरो कार्बन उत्सर्जन गर्ने नेपालको लक्ष्य अनुसार दुई सय ७६ विलियन अमेरिकी डलर आवश्यक पर्ने उल्लेख गरे।

“सरकारको आर्थिक नीतिमा पनि दबाब रहेको अवस्थामा जल तथा मौसम सूचना प्रणाली कम प्राथमिकतामा परेको छ, नियमित खर्चलाई व्यवस्थापन गर्दै जलवायु तथा मौसम विज्ञानको क्षेत्रलाई प्राथमिकतामा राखी काम गर्नुपर्छ”, उनले भने। उनले राज्यको मुख्य दायित्व नागरिकको सुरक्षा गर्ने भएकाले जलवायु परिवर्तनसम्बन्धी सूचना प्रणाली अनिवार्य आवश्यकता भएको बताए।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले सूचना प्रणालीमा भएको सुधार र प्रविधिको विकासले मौसम पूर्वानुमानमा सहज भएको उल्लेख गरे। “अहिलेको समयमा मौसम पूर्वानुमान सतप्रतिशत मिलेको छ, क्षति नहोस् भनेर पूर्वसूचना प्रणालीलाई सुधार गर्दै लगेका छौँ”, उनले भने, “मौसम पूर्वानुमान सूचना प्रणालीमा रेडियोको भूमिका महत्वपूर्ण छ, सरकारले सूचना प्रवाहमा आम नागरिकको पहुँच भएको रेडियोको उपयोगमा जोड दिनुपर्छ।”

जल तथा मौसम पूर्वानुमान विभागले गरेको मौसम पूर्वानुमानको आधारमा विद्युत् प्राधिकरणले आफ्नो योजना बनाएर विद्युत् आयात र निर्यात गर्ने अवस्थामा पुगेको महानिर्देशक जोशीले बताए। “मौसम पूर्वानुमानको आधारमा हरेक १५ दिनमा खोलामा उपलब्धता हुने पानीको अनुमानका आधारमा विद्युत् प्राधिकरणले काम गरेर विद्युत् व्यवस्थापनको काम गरिरहेको छ”, उनले भने।

सार्वजनिक सेवा प्रसारक सङ्घ नेपालका नायब महाप्रबन्धक आरती चटौतले किसानलाई खेतीपातीसँग जोडेर सञ्चारमाध्यमले जल तथा मौसम पूर्वानुमानका सूचना प्रसारण गर्नुपर्नेमा जोड दिए। “कसलाई सूचना दिने भनेर ध्यान दिनुपर्छ, सञ्चारको शैली र सूचना प्रवाह गर्न खोजेको समुदायलाई लक्षित गर्न सक्नुपर्छ”, उनले भने।

उनले अन्तर्राष्ट्रियस्तर वा सरकारीस्तरबाट प्राप्त सूचनाको आधारमा रेडियो तथा अन्य सञ्चारमाध्यमले आधिकारिक र सत्य समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए। “सञ्चारमाध्यमले दिने सूचनाले नागरिकको जीवन र भूमिकालाई सकारात्मक प्रभाव पार्न, सूचित गर्न र लक्षित समूहलाई लाभान्वित गर्त सक्नुपर्छ। सूचना प्रसारणको विधि वा तरिकालाई परिवर्तन गरी जनतालाई विश्वास दिने खालका सूचना दिनुपर्छ”, उनले भने।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit