Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

निजामती सेवाबाट हट्यो श्रेणी, तहगत व्यवस्था गर्न समिति सहमत

निजामती सेवाबाट हट्यो श्रेणी, तहगत व्यवस्था गर्न समिति सहमत
विज्ञापन
Advertisement

काठमाडौं । निजामती सेवाबाट श्रेणी हटेको छ । निजामती सेवामा तहगत संरचना रहने गरी प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा आज सहमति जुटेको हो ।

विज्ञापन
Advertisement
Advertisement

तहगत संरचना राख्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित सबै दलका सांसदहरू सहमत भएसंगै संघीय निजामती सेवा विधेयकमाथि आज गरिएको दफावार छलफलका क्रममा श्रेणी हटाउने सहमति जुटेको हो ।

बैठकको अन्तिममा सभापति रामहरि खतिवडाले अब प्रस्तावित विधेयकको दफा ६ मा यससम्बन्धी व्यवस्था राखिने उल्लेख गर्दै भने, ‘तहमा जानेमा क्लियर भयो । अब प्रस्तावित विधेयकको दफालाई तहगत संरचना रहने गरी मिलाइनेछ ।’

तर, निजामती सेवामा अतिरिक्त सचिव राख्ने कि नराख्ने भन्ने विषयमा आज सहमति जुट्न सकेन। सभापति खतिवडाले अतिरिक्त सचिव राख्ने कि नराख्नेबारे पुनः छलफल गरिने जानकारी गराए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit