Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’ हुँदै, मेयर आचार्य निगरानीमा रहने

अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’ हुँदै, मेयर आचार्य निगरानीमा रहने
विज्ञापन
Advertisement

काठमाडौं । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट आजै घर फर्किने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

अस्पतालमा दुई दिनदेखि उपचारत पौडेल आज ‘डिस्चार्ज’ भएका हुन्। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उनलाई थप केही दिन अस्पतालमा राखिने पनि अस्पतालले जनाएको छ ।

“दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन । यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने निर्णय भएको छ”, कीर्तिपुर अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भईरहेकाले केही दिन थप उपचार हुने जानकारी गराइन्छ ।”

सङ्क्रमणको जोखिम कम गर्न मेयर आचार्यसँग भेटघाट गर्न बन्द गरिएको पनि अस्पतालले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit