काठमाडौं । यात्रुसँग बाढी भाडा नलिन प्रहरीले राइड सेयरिङ एपका चालकलाई सचेत गराएको छ । चालकले लाग्ने भन्दा बढी भाडा लिन खोजेमा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ ।
सोमबार एक सूचना जारी गर्दै प्रहरीले राइड सेयरिङ एपमार्फत यात्रीसित बढी भाडा लिने गरिएको गुनासो प्राप्त भएको उल्लेख गर्दै लागतभन्दा बढी भाडा नलिन आग्रह गरेको हो ।
मौका छोपेर चालकले अफलाइन बार्गेनिङ गर्ने गरेका छन् । त्यसैले प्रहरी प्रधान कार्यालयले यात्रुहरूलाई अफलाइन सेवासमेत प्रयोग नगर्न सचेत गराएको छ ।
अफलाइन बार्गेनिङ र बढी भाण्डा लिने गरेको पाइए नजिकको ट्राफिक प्रहरी कार्यालय वा १०३ मा फोन गरी जानकारी दिन समेत प्रहरीले आग्रह गरेको छ ।
“विभिन्न राइड सेयरिङ एफमार्फत यात्रुहरूलाई बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासोहरू आइरहेको हुनाले राइडरहरूले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गर्दछौँ,” प्रहरीको सूचनामा उल्लेख छ ।
सार्वजनिक यातायात व्यवसायी आन्दोलनमा उत्रिएपछि धेरै सार्वसाधारणले गन्तव्यमा पुग्न राइड सेयरिङ एपलाई विकल्पको रुपमा लिएका छन् । यद्यपी पठाओले भने यात्रुहरूलाई सफलाइन सेवा नलिन सचेत गराएको छ ।















प्रतिक्रिया दिनुहोस्