Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

देवघाट महा–महोत्सवमा २७ करोडभन्दा बढी सङ्कलन

देवघाट महा–महोत्सवमा २७ करोडभन्दा बढी सङ्कलन
विज्ञापन
Advertisement

चितवन । देवघाटधाममा माघ महिनाभर सञ्चालन गरिएको देवघाट महा–महोत्सव २०८१ मा रु २७ करोड ४५ लाख ५७ हजार नौ सय ८० सङ्कलन भएको छ । आयोजक विश्वजागरण महाअभियान ट्रष्टले आज देवघाटमा गरेको पत्रकार सम्मेलनमा आयव्यय सार्वजनिक गर्दै महा–महोत्सवमा देशका विभिन्न जिल्लाबाट र विदेशबाट आएका भक्तजनबाट सो रकम सङ्कलन भएको जानकारी दिएको हो । यसबाहेक भक्तजनबाट बोलकबोल रु ८० लाख सङ्कलन हुन बाँकी छ ।

विज्ञापन
Advertisement
Advertisement

महा–महोत्सवका संयोजक डा केशवराज भुर्तेलका अनुसार देश विदेशबाट यहाँ आएका करिब ३० लाख भक्तजनबाट सो रकम सङ्कलन गरिएको हो । उनले महोत्सव सम्पन्न गर्न रु तीन करोड ४८ लाख ४८ हजार एक सय सात खर्च भएको पनि जानकारी दिए। मातापिता आश्रम तथा देवघाट दिव्यधाम निर्माणार्थ आयोजना गरिएको महामहोत्सवमा सङ्कलित रकममध्ये ट्रष्टको बैंक खातामा रु २५ करोड ७७ लाख १७ हजार छ सय पाँच र दान पेटिकामा रु एक करोड ६८ लाख ४० हजार तीन सय ७५ जम्मा भएको त्यस अवसरमा जानकारी दिइयो ।

महोत्सवको समयमा देवघाट क्षेत्रमा विभिन्न नौ वटा धार्मिक सङ्घ संस्थाले यहाँ विभिन्न धार्मिक अनुष्ठान तथा आर्थिक एवं जिन्सी सङ्कलन गरेको त्यस अवसरमा जानकारी दिइयो । एक महिना भएको धार्मिक महोत्सवले देवघाट क्षेत्रमा मात्र दानसहित डुङ्गा, पार्किङ, होटल, खाजाघर, अस्थायी स्टल, यातायातलगायतका क्षेत्रमा करिब रु दुई अर्ब कारोबार भएको अनुमान गरिएको छ ।

महा–महोत्सवमा सङ्कलन भएको रु ७० लाखभन्दा बढीको जिन्सी सामग्री देशभरका ३० भन्दा बढी गुरुकूल, अनाथालय, अपाङ्ग आश्रम, गौशाला र वृद्धाश्रममा गरी ५० भन्दा बढी संस्थालाई वितरण गरिएको जानकारी दिइयो । ट्रष्टका अध्यक्ष ईश्वरकृष्ण महाराजले भक्तजनको विश्वास टुट्न नदिने गरी काम गर्ने बताए। महोत्सवमा ६७ हजार आठ सय ५९ रसिद काटिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । ईश्वरकृष्णको नेतृत्वमा देवघाट गाउँपालिकामा मातापिता आश्रम निर्माण भइरहेको छ । आश्रममा तीन सय ६५ कोठा निर्माण गरिने जनाइएको छ । त्यसका लागि र दुई अर्ब खर्च हुने अनुमान छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit