Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बुद्ध एयरको जहाजको पाङ्ग्रा जनकपुरमै छुट्यो,जहाज काठमाडौंमा,कसरी भयो अवतरण ?

बुद्ध एयरको जहाजको पाङ्ग्रा जनकपुरमै छुट्यो,जहाज काठमाडौंमा,कसरी भयो अवतरण ?
विज्ञापन
Advertisement

काठमाडौं।जनकपुरबाट काठमाडौं आउँदै गरेको बुद्ध एअरको जहाजको अगाडिको एउटा पाङ्ग्रा जनकपुरमै खसेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार जहाज भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज अपराह्न जनकपुरबाट काठमाडौँका लागि आएको उक्त विमानको अगाडिका दुईमध्ये एक पाङ्ग्रा बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुसल अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी  दिए। उनले भने,‘एक पाङ्ग्रा नहुँदा पनि जहाज सकुसल अवतरण भएको छ । यो खासै ठूलो समस्या भने होइन तर पाङ्ग्रा हराएकोबारे जाँचबुझ भइरहेको छ ।’बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने जनकपुरबाट काठमाडौँ उडान नं ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाडौँमा सुरक्षित अवतरण गरेको बताए । ‘जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाजलाई प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको छ’ उनले भने ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit