Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

माछापुच्छ्रे बैंकको ३ अर्ब बराबरको अग्राधिकार शेयर आजदेखि कारोबारमा

माछापुच्छ्रे बैंकको ३ अर्ब बराबरको अग्राधिकार शेयर आजदेखि कारोबारमा
विज्ञापन
Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले जारी गरेको ३ अर्ब बराबरको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत भई कारोबारमा आएको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार शेयर आजै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो। यस शेयरको कुल निष्कासन मूल्य ३ अर्ब रुपैयाँ रहेको छ ।

नेप्सेमा सूचीकृत भएसँगै उक्त शेयर बुधबारदेखि नै धितोपत्रको दोस्रो बजारमा ‘एमबिएलपिएनपी’स्टक संकेतबाट कारोबारमा आएको छ।

संस्थागत लगानीकर्ताबीच मात्र कारोबार हुने नियामकीय व्यवस्था अनुसार यो अग्राधिकार शेयर परिपत्र विधि मार्फत संस्थागत लगानीकर्ताहरूलाई मात्र बिक्री गरिएको हुनाले दोस्रो बजारमा पनि यसको खरिद–बिक्री संस्थागत लगानीकर्ताहरू बीच मात्र सीमित हुनेछ । यसमा सर्वसाधारण लगानीकर्ताले कारोबार गर्न पाउने छैनन् ।

यस अग्राधिकार सेयरमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८.२५ प्रतिशतका दरले निश्चित लाभांश प्राप्त गर्ने व्यवस्था रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit